समाचार

म्याग्दीका २६ उजुरीहरुमा अख्तियारको छानविन

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीका २६ वटा उजुरीहरु अख्तियारले छानविन प्रक्रियामा लगेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बुधबार बेनीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उक्त उजुरीहरु माथि छानविन थालेको बताइएको हो । चालु आर्थिक बर्षको मंसिर मतान्तसम्म शिक्षाको ७, संघिय मामिला तथा स्थानीय विकासका ७, गृहका ४, भुमिसुधार […]

वेस्ट पोइन्टमा हस्तलेखन (हेन्डराइटिंग) कार्यशाला शुरु

विकल्प न्यूज/बेनी पुस २० गते । न्यु वेस्ट पोइन्ट आवासीय माविमा बुधवार देखि हस्तलेखन कार्यशाला शुरु भएको छ । बिद्यार्थीहरुमा नेपाली तथा अंग्रेजी लेखनको प्राबिधिक पक्षलाई सुधार गर्न कार्यशालाको आयोजना गरिएको हो । नेपाली र अंग्रेजी हस्तलेखनको क्षेत्रमा लामो अध्ययन अनुसन्धान गरिसक्नु भएका बामदेव योगीले तालीम दिईरहनु भएको छ । बिद्यार्थीहरुको हस्तलेखन राम्रो आकर्षक मात्रै […]

छात्रावास भवन प्रयोगमा आउन सकेन

विकल्प न्यूज/बेनी पुस २० गते । म्याग्दीको दाना स्थित ज्ञानप्रकाश माविमा निर्मीत छात्रावास भवन प्रयोगमा आउन सकेको छैन् । गत वर्ष निर्माण भएको भवनमा आवश्यक पुर्वाधारको व्यवस्थापन नहुँदा प्रयोगमा आउन नसकेको हो । फर्नीचर, पानी र बिद्युतको अभावमा भवन प्रयोगमा ल्याउन समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।जिविसको निर्वाचन क्षेत्र विकास पुर्वाधार […]

बेनीमा मेटल उद्योग स्थापना

विकल्प न्यूज/बेनी पुुुस २० गते । बेनीको कालीपुलमा तिस लाख रुपैयाँ भन्दा बढीको लगानीमा मेटल उद्योग स्थापना भएको छ । ब्यवसायी सुरेन्द्रराज शर्माले संगम मेटल उद्योग स्थापना गर्नुभएको हो । फलामका विभिन्न सामाग्री निर्माण तथा उत्पादन हुने उद्योग स्थापना गर्न तिस लाख रुपैया लगानी भएको सञ्चालक शर्माले बताउनुभयो ।उद्योगबाट फलामको कुर्ची, टेबुल, सटर, रेलीङ, ट्रस […]

सुन्तलामा सम्भावना

सन्तोष गौतम/विकल्प न्यूज पुस २० गते । भकिम्ली २ मरेकका इन्द्रबहादुर थापाले दशक अघिसम्म पाँच रोपनी पाखोबारीमा कोदो लगाएर बर्षमा मुस्कीलले तिन मुरी उत्पादन गर्नुहुन्थ्यो । कोदो बेच्दा तिन हजार रुपैयाँ मूल्य पर्दथ्यो । “उत्पादन भएको अन्न बिक्री गर्न समेत गाहे थियो” थापाले विगत सम्झनुभयो “खेतालाको ज्याला, बिउ, समय र श्रम हिसाव गर्दा घाटा हुन्थ्यो […]

म्याग्दी क्याम्पसको शूल्क वृद्धि निर्णय कार्यान्वयन नगर्ने सहमती

सन्तोष गौतम/विकल्प न्यूज बेनी, १९ पुस । म्याग्दी बहुमुखी क्याम्पसमा तिन महिनाअघि गरिएको मासिक शूल्क बढाउने निर्णय स्थगित भएको छ । क्याम्पस सञ्चालक समितिको गत असोज १२ गते बसेको बैठकले स्नातक तहमा मासिक शूल्क ६२५ बाट बढाउने निर्णय गरेको थियो । समितिले क्याम्पसका प्रध्यापक कर्मचारीहरुको तलब सुबिधासंगै विद्यार्थीको मासिक शूल्क वृद्धी गर्ने निर्णय गरेपछि अनेरास्ववीयुको […]

नवविकल्पका सम्पादक गौतमलाई क्षिक्षा पत्रकारिता पुरस्कार प्रदान

विकल्प न्यूज/काठमाडौ पुस १९ गते । नवविकल्प साप्ताहिकका कार्यकारी सम्पादक  सन्तोष गौतम शिक्षा पत्रकारिता लेखनवृत्ती २०७२ बाट पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा बिभागले मंगलबार काठमाडौमा आयोजित समारोहमा गौतमलाई पश्चिमाञ्चल क्षेत्रबाट लेखनवृत्ती पुरस्कार प्रदान गरिएको हो । पन्ध्र हजार रुपैयाँ राशीको क्षेत्रीय लेखनवृत्ती गौतम सहित अर्घाखाँचीका बिरेन्द्र केसी र रुपन्देहीका जर्नादन पोख्रेललाई […]

साढे तेह् मेट्रिक्टन सुन्तला निकासी

सन्तोष गौतम/विकल्प न्यूज बेनी, पुष १९ गते । म्याग्दीको बरंजाको तिन वटा वडाबाट साढे तेह् मेट्रिक्टन सुन्तला निकासी भएको छ । बरंजाको ३, ४ र ९ नम्बर वडाबाट तेह् हजार ४५६ केजी सुन्तला पोखराको बजारमा निकासी भएको हो । ब्यापारी गाउँमै आएर सुन्तला खरिद गरेर लगेका बरंजा ४ का अगुवा कृषक कृष्णलाल सापकोटाले जानकारी दिनुभयो […]

निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज मुना १८ पुष । म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालीत निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।म्याग्दी सामुदायिक विकास परियोजना लागू भएको गुर्जा, लुलाङ, मुना, मुदी र मराङ गाविसमा चार दिनसम्म सञ्चालन भएको शिवीरबाट तिन हजार दुई सय जनाले गाउँमै स्वास्थ्य सेवा पाएका हुन् । गुड नेवर्स ईन्टरनेशनलको […]

जिशिका पर्वतका कर्मचारीका कारण विथोलियो अभिभावक भेला

विकल्प न्यूज/पर्वत पुस १८ गते । पर्वतको धाइरिङ ४ सल्यानमा रहेको श्री फर्से धाइरिङ माध्यमिक विद्यालयको अभिभावक भेला जिल्ला शिक्षा कार्यालय पर्वतबाट खटिएका कर्मचारीका कारण विथोलिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन बमोजिम विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्न आइतवार अभिभावक सहितको सर्वपक्षिय भेलाले ढाकिएको थियो ।विद्यालयमा व्यवस्थापन समिति गठन […]

शूल्क वृद्धीको निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववीयु धर्नामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १७ पुष । म्याग्दी बहुमुखी क्याम्पसको मासिक शुल्क बृद्धी गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै एमाले निकट अनेरास्ववीयुका कार्यकर्ताहरु आईतबार क्याम्पसको मुख्य प्रवेशद्धारमा धर्ना बसेका छन् । क्याम्पस सञ्चालक समितिको २०७३ असोज १३ गते बसेको बैठकले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, […]

मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । आईतबार दिउँसोदेखि भएको बर्षासंगै मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको सबै क्षेत्र र म्याग्दीको घोडेपानी लगायतका उच्च पहाडी क्षेत्रका बस्तीहरुमा हिमपात भएको हो । वर्षा र हिमपातसंगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । मुस्ताङको लेते, कुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, मुक्तिनाथ, कागबेनी लगायत […]

म्याग्दी जेसीजको अध्यक्षमा बराल

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दी जेसीजको शाखा अध्यक्षमा नारायणकुमार बराल निर्वाचित हुनुभएको छ । शनिबार राती बेनीमा सम्पन्न शाखाको १८ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन २०१७ का लागि बराल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुशील थकाली र सैलेश श्रेष्ठ, उपाध्यक्षहरुमा कमल खत्री, सुजन बरुवाल, भुपेन […]

दरवाङको गाउँ परिषद् सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १७ पुस । म्याग्दीको दरवाङ गाविसको २५ औ गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । दरवाङमा आयोजित कार्यक्रममा गाविस सचिव सोमबहादुर खत्रीले चालु आर्थिक वर्ष २०७३७४ को पुँजीगत तर्फ ३२ लाख ५५ हजार ५९३ र चालु तर्फको नौ लाख पाँच हजार २ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । सचिव खत्रीले एकिकृत योजना […]

दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ पुस । म्याग्दीको दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा गरिएको छ । न्यु दरवाङ महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभाको अवसरमा शनिबार सबै घरधुरी सहकारीमा आवद्ध भएको र शुक्रबार जनप्रिय माविको ६५ औ वार्षिक उत्सवमा साक्षर गाविस घोषणा गरिएको हो । दरवाङ गाविसमा बसोबास […]