साढे तेह् मेट्रिक्टन सुन्तला निकासी

सन्तोष गौतम/विकल्प न्यूज
बेनी, पुष १९ गते ।
म्याग्दीको बरंजाको तिन वटा वडाबाट साढे तेह् मेट्रिक्टन सुन्तला निकासी भएको छ ।
बरंजाको ३, ४ र ९ नम्बर वडाबाट तेह् हजार ४५६ केजी सुन्तला पोखराको बजारमा निकासी भएको हो । ब्यापारी गाउँमै आएर सुन्तला खरिद गरेर लगेका बरंजा ४ का अगुवा कृषक कृष्णलाल सापकोटाले जानकारी दिनुभयो ।

सुन्तला बिक्रीबाट गाउँमा साढे पाँच लाख रुपैया भित्रीएको सापकोटाले जानकारी दिनुभयो । बरंजा ४ दहमा ११ घरपरिवार कृषकले ब्यवसायीक सुन्तला खेती गरेका छन् । सुन्तला बिक्री गरेर एक जना कृषकले पन्ध्र हजार देखि एक लाख ३५ हजार रुपैया सम्म आम्दानी गरेका छन् ।dsc00722प्रतिकेजी ४० देखि ४५ रुपैयाका दरले गाउँबाटै सुन्तला बिक्री भएको हो । सो गाउँमा रकबहादुर थापा, उनकुमारी थापा, नरिलाल बिक, थलीमाया बिक, नारायणदत्त सापकोटा, नन्दलाल कडेल, धनबहादुर थापा, मोहनलाल सापकोटा, मोहनलाल कडेल र तारानाथ सापकोटाले सुन्तला खेती गर्नुभएको छ ।

पहिले डोके ब्यापारीलाई सुन्तला बिक्री गर्दै आएका कृषकहरु पछिल्लो समय सडक सुबिधा विस्तार भएपछि सहज रुपमा सुन्तला बेच्न पाएकोमा दंग परेका छन् ।