छात्रावास भवन प्रयोगमा आउन सकेन

विकल्प न्यूज/बेनी
पुस २० गते ।
म्याग्दीको दाना स्थित ज्ञानप्रकाश माविमा निर्मीत छात्रावास भवन प्रयोगमा आउन सकेको छैन् । गत वर्ष निर्माण भएको भवनमा आवश्यक पुर्वाधारको व्यवस्थापन नहुँदा प्रयोगमा आउन नसकेको हो । फर्नीचर, पानी र बिद्युतको अभावमा भवन प्रयोगमा ल्याउन समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताउनुभयो ।dhana-hostelजिविसको निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रमको दश लाख र जिल्ला शिक्षा कार्यालयको दुई लाख ५० हजार रुपैयाँ अनुदान सहयोगमा भवन निर्माण भएको थियो । भवन निर्माणका लागि स्थानीयबासीले ढुङ्गा, काठ ढुवानीका लागि श्रमदान गरेका थिए ।
घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनको पहलमा जस्तापाता सहयोग प्राप्त भएको थियो । नौ वटा कोठा रहेको एक तले सो भवनमा शौचालय र शयन कक्ष समेत छन् । भवन प्रयोगमा ल्याउनका लागि पुर्वाधारको व्यवस्था गर्न आर्थिक स्रोत जुटाउन पहल भैरहेको अध्यक्ष पुर्जाले बताउनुभयो ।