वेस्ट पोइन्टमा हस्तलेखन (हेन्डराइटिंग) कार्यशाला शुरु

विकल्प न्यूज/बेनी
पुस २० गते ।
न्यु वेस्ट पोइन्ट आवासीय माविमा बुधवार देखि हस्तलेखन कार्यशाला शुरु भएको छ । बिद्यार्थीहरुमा नेपाली तथा अंग्रेजी लेखनको प्राबिधिक पक्षलाई सुधार गर्न कार्यशालाको आयोजना गरिएको हो । नेपाली र अंग्रेजी हस्तलेखनको क्षेत्रमा लामो अध्ययन अनुसन्धान गरिसक्नु भएका बामदेव योगीले तालीम दिईरहनु भएको छ । बिद्यार्थीहरुको हस्तलेखन राम्रो आकर्षक मात्रै नभएर सुन्दर हस्तलेखन संगसंगै त्यसका प्राबिधिक कुराहरुमा बिशेष जोड दिइने तालिमका सहजकर्ता बामदेव योगीले बताउनु भयोे ।w2बिहान १० देखि १.३० सम्म र १.३० देखि ४.०० बजे सम्मको दुई सत्र गरि तालिम संचालन गरिएको छ । एक सत्रमा ६० जना बिद्यार्थीहरु सहभागी छन । हस्तलेखनमा लामो अनुभब र अनुसन्धान गरिसकेका पूर्व शिक्षक तथा तालिम प्रशिक्षक योगीले एकै दिनमा विद्यार्थीको लेखन शैलीमा ६० देखि ९० प्रतिशत सम्म फरक ल्याउने बताउनु भएको छ। उहाँले देख्दा राम्रो देखिने कतिपय हस्तलेखनका कयौं पक्ष नपुगेको हुने र विद्यार्थीको लेखनमा एकरुपता हुनु पर्ने बताउनुभयो । उहाँले सहजीकरण पूर्व विद्यार्थीलाई कसरी सिक्न सकिन्छ भन्ने बिषयमा प्रबचन समेत दिनु भएको थियो ।
हस्तलेखन बिज्ञ लाइ बोलाएर यसरि विद्यार्थीको हस्तलेखनलाइ सुधार गर्ने यो कार्यशालाले महत्वपुर्ण भूमिका खेल्ने कुरा फाउन्डेशंका अध्यक्ष शिबकुमार श्रेष्ठले बताउनु भयो । पहिलो सत्रको समाप्ति पछी नै बिद्यार्थीहरु आफ्नो पहिलाको र सिकाइ पछिको हस्तलेखन देखेर अचम्मित भएका छ्न । अक्षरको आकार बनावट र ढाँचाको ज्ञान भयो भने त्यसले क्षणभरमै लेखाइ परिबर्तन गर्न सक्ने रहेछ भन्ने अनुभब दिन भरिनै बिद्यार्थिसंगै बसेर अबलोकन गरिरहनु भएका विद्यालयका प्राचार्य गंगाप्रसाद खतिवडाले बताउनु भयो ।
विद्यालयले शिक्षण सिकाइका नया नया प्रबिधि र तरिकाबाट प्रभावकारी बनाउदै लैजाने क्रममा बिज्ञ मार्फत नै यस्तो कार्यशाला संचालन गरेको हा । एक हप्ता सम्म चल्ने यो कार्यशालामा कक्षा ६ देखि ९ सम्मका बिद्यार्थीहरु सहभागी भएका छन् ।