बेनीमा मेटल उद्योग स्थापना

विकल्प न्यूज/बेनी
पुुुस २० गते ।
बेनीको कालीपुलमा तिस लाख रुपैयाँ भन्दा बढीको लगानीमा मेटल उद्योग स्थापना भएको छ । ब्यवसायी सुरेन्द्रराज शर्माले संगम मेटल उद्योग स्थापना गर्नुभएको हो । फलामका विभिन्न सामाग्री निर्माण तथा उत्पादन हुने उद्योग स्थापना गर्न तिस लाख रुपैया लगानी भएको सञ्चालक शर्माले बताउनुभयो ।sangam-metal-udhogउद्योगबाट फलामको कुर्ची, टेबुल, सटर, रेलीङ, ट्रस लगायतका सामाग्री उत्पादन गरिने शर्माले जानकारी दिनुभयो । यसअघि यस्ता सामाग्रीहरु पोखरा, बिरगञ्ज, भैरहवामा तयार पारेर म्याग्दी ल्याउने गरिएको थियो ।

बेनीमै मेटल उद्योग खुलेपछि जिल्लाबासीलाई सहज हुने अपेक्षा गरिएको छ । उद्योगमा १२ जनाले रोजगारी पाएका छन् ।