जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

विकल्प न्यूज/बेनी
बैशाख १६ गते ।

म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौरको भिरमुनी सामुदायिक वनमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पुलाचौर भिरमुनीका वर्ष ५२ का दिपक बानियाँ भन्ने दिलबहादुर बानियाँले वनमा आगो लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । बानियाँले लगाएको आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । पक्राउ परेका बानियाँलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिन वन कार्यालयमा म्याग्दीमा पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

साथै प्रहरीले कसैले वन जंगलमा आगोलागी गराएको थाहा पाएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा वा १०० मा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।