फोटो
टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे
ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको […]
अन्नपूर्ण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक
म्याग्दी,कात्तिक १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्। दशैं तिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताए। उनका अनुसार […]
पिताको मार्ग पछ्याउँदै माथिएस अन्नपूर्ण आधार शिविरमा
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक ११ गते । पिताको मार्ग पछ्याउँदै अन्नपूर्ण क्षेत्रमा आउनुभएका फ्रान्सेली नागरिक माथिएस हर्जोगले प्राकृतिक सुन्दरताले भरिपूर्ण अन्नपूर्ण प्रथम हिमालको विश्वभर प्रचारप्रसार गर्न अनुरोध गर्नुभएको छ । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर पहिलो आरोहीको किर्तिमानी बनाउनुभएका फ्रान्सेली आरोही मौरिस हर्जोगका छोरा माथिएस म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित अन्नपूर्ण हिमालको अधार शिविरमा पुग्नुभएको […]
अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड
ठाकुरप्रसाद आचार्यम्याग्दी,कात्तिक २ गते । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा यतिखेर आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । दशैं तिहार विदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र आरोहण मार्गमा पर्यटकको भिड बढेको हो । नारच्याङको हुमखोलाबाट सुरु […]
आहा खुलेको खोप्रा !(फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,भदौं २४ गते । अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ । विहानीपख आकाश खुला हुनथालेको छ । मौसममा सुधार आउन थालेसँगै आन्तरिक पर्यटकहरु खोप्रा पुग्न थालेका छन् । अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारको शिरमा अवस्थित खोप्रा समुन्द्री सतह देखि तीन हजार ६ सय साठी मिटरको उचाईमा पर्दछ । खोप्राबाट धौलागिरी,अन्नपूर्ण […]
राहुघाट आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’(फोटोसहित)
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन १५ गते । राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको निर्माणधिन नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । आयोजनामा रघुगंगा गाउँपालिका ४ दग्नामको फेदीमा रहेको बाँधबाट […]
एकवर्षको अवधिमा म्याग्दीमा ३१ हजार पर्यटक भित्रिए
विकल्प न्यूज\बेनीसाउन १०गते । एक वर्षको अवधिमा ३१ हजार ३५४ जना पर्यटकले म्याग्दी भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा म्याग्दी भित्रने पर्यटकको संख्या २५ हजार ३३४ र बाहिरिनेको ६ हजार २० जना रहेको छ। घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत […]
जोखिम मोलेर बैसरी पहिरो पार गर्दै बस
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ९ गते । भारतीय तीर्थयात्री लिएर मुक्तिनाथ दर्शनका लागि जोमसोम तर्फ हिडेको बस कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ बैसरी पहिरो पार गर्दै । म्याग्दी खण्डमा पहिरोका कारण वर्षायाममा यात्रा जोखिमपूर्ण भएको छ । सडक माथिदेखि पहिरो खस्ने भएकाले यो खण्ड अत्यन्तै जोखिमपूर्ण छ । यहाँ सडक माथिबाट लेदो सहितको […]
पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
ठाकुरप्रसाद आचार्यम्याग्दी,साउन ८ गते । पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक १२ घण्टापछि खुलेको छ । सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका २ सिरुबारी र कुनौटेमा सडक माथिबाट खसेको पहिरोलाई डोजरको सहयोगले दश घण्टा लगाएर पन्छाएपछि साँझबाट सडक संचालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब इन्जिनियर सुहनजंग काकीले जानकारी दिनुभयो । उहाँका अनुसार सिरुबारी र […]
रघुगंगा नदीमा आएको भिषण बाढीले सडक कटान, मन्दिर जोखिममा (फोटोफिचर)
ठाकुरप्रसाद आचार्यम्याग्दी,असार २८ गते । अविरल वर्षा सँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकको गलेश्वर खण्डमा सडक कटान गरेको छ । नदी कटानका कारण रघुगंगा गाउँपालिका ३ स्थित गायत्री मन्दिर समेत जोखिममा परेको छ ।नदीको कटानले बेनी–जोमसोम सडक खण्डको गलेश्वर पारी करिब ५० मिटर सडक कटान गरेको छ । सडक कटान गरेकाले अहिले यातायात […]
पूर्वाधार निर्माणले चिटिक्क हुँदै छ ढोलठाना दरबार (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,असार १ गते । म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण […]
अन्नपूर्णमा पुख्र्यौली नाचको उत्सव (फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,बैशाख १५ गते । मगर समुदायको मौलिक कला संस्कृतिका रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण,पुस्तान्तरण र प्रचारप्रसार गर्न अन्नपूर्णमा पुख्र्यौली नाचको प्रतियोगिता गरिएको छ । प्रतियोगिता तिनदिन सम्म संचालन हुनेछ । गाउँपालिकाको वडा नम्बर २ भुरुङ तातोपानीमा आयोजना गरिएको प्रतियोगितामा मगर समुदायका अगुवा देखि बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको छ । मगर समुदायको मौलिक कला […]
खिबाङ गाउँमा लालीगुराँसको मालाले स्वागत
विकल्प न्यूज/बेनी चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ खिबाङका महिलाहरुले गाउँमा आउने पाहुनालाई लालीगुराँसको फूलबाट बनेको मालाले स्वागत गर्दछन् । गाउँमा आउने पर्यटकहरुलाई आमा समुहमा आवद्ध महिलाहरुले स्वागत गर्ने प्रचलन छ । गाउँपालिकाले खादाको प्रयोगलाई बन्द गरेकाले स्थानीय उत्पादनबाट निर्मित सामग्रीहरुले पाहुनाको स्वागत गर्ने गर्दछन् । तस्विर ठाकुरप्रसाद आचार्य
घोडेपानी क्षेत्रको लालीगुराँसमा रमाउँदै पर्यटक(फोटोफिचर)
ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाडाँपाखाहरु यतिखेर ढकमक्क फुलेको लालीगुराँसले छोपिन थालेका छन् । लालीगुराँसले डाडाँपाखाहरु रमणीय देखिन थालेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरुको घोडेपानीमा चहलपहल बढेको छ ।नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन् । बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र […]
पर्वत बेनीमा ३० करोडको लगानीमा तयार भयो होटल
ठाकुरप्रसाद आचार्य चैत ५ गते । म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ पर्वत बेनीमा ३० करोड रुपियाँ लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनको तयारी गरिएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले २३ रोपनी क्षेत्रफलमा होटल,गार्डेन,पार्कीङ सुविधा,दुईसय पचास जना क्षमताको पार्टी प्यालेस सहितको सुविधा सम्पन्न ४० कोठा भएको होटल संचालनको तयारी गर्नुभएको […]