म्याग्दी जेसीजको अध्यक्षमा बराल

विकल्प न्यूज/बेनी
पुस १७ गते ।
म्याग्दी जेसीजको शाखा अध्यक्षमा नारायणकुमार बराल निर्वाचित हुनुभएको छ । शनिबार राती बेनीमा सम्पन्न शाखाको १८ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन २०१७ का लागि बराल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिबेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुशील थकाली र सैलेश श्रेष्ठ, उपाध्यक्षहरुमा कमल खत्री, सुजन बरुवाल, भुपेन बानियाँ र बिरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । narayanत्यसैगरि शाखाको बरिष्ट कार्यकारिणी उपाध्यक्षमा बद्री पौडेल, महासचिबमा खम थापा, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सहकोषाध्यक्षमा बिना घर्ति, सहसचिबमा सागर सुवेदी मनोनित हुनुभएको छ ।
त्यसैगरि निवर्तमान शाखा अध्यक्षमा भिमसेन बराईली, शाखा सम्पादकमा विपिन बानियाँ, जनसम्पर्क संयोजकमा कमल विश्वकर्मा, कानुनी सल्लाहकारमा नवराज पौडेल, अध्यक्ष सल्लाहकारमा नकुल ढकाल मनोनित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
शाखा अध्यक्ष भिमसेन बराईलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बरालले म्याग्दी जेसीजका अभियानहरुलाई प्रभाबकारी बनाउँदै युवाहरुको क्षमता र नेतृत्व विकासका कार्यक्रमलाइृ आफुले प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु लगायतले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । शाखाका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले बधाई ज्ञानप गर्नुभएको कार्यक्रममा नकुल ढकालले सुभकामना र निर्वाचन संयोजक नवराज पौडेलले सञ्चालन गर्नुभएको थियो ।