नवविकल्पका सम्पादक गौतमलाई क्षिक्षा पत्रकारिता पुरस्कार प्रदान

विकल्प न्यूज/काठमाडौ
पुस १९ गते ।
नवविकल्प साप्ताहिकका कार्यकारी सम्पादक  सन्तोष गौतम शिक्षा पत्रकारिता लेखनवृत्ती २०७२ बाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ र शिक्षा बिभागले मंगलबार काठमाडौमा आयोजित समारोहमा

गौतमलाई पश्चिमाञ्चल क्षेत्रबाट लेखनवृत्ती पुरस्कार प्रदान गरिएको हो । पन्ध्र हजार रुपैयाँ राशीको क्षेत्रीय लेखनवृत्ती गौतम सहित अर्घाखाँचीका बिरेन्द्र केसी र रुपन्देहीका जर्नादन पोख्रेललाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।img_5295-1म्याग्दीमा वि.स २०६४ देखि पत्रकारिता गरिरहेका गौतम राष्ट्रिय समाचार समिति (रासस), सगरमाथा टेलिभिजन, म्याग्दीकाली एफ एम, धौलागिरी टेलिभिजन, नवविकल्प साप्ताहिक, रातोपाटी अनलाईन लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

महासंघ र बिभागले राष्ट्रिय, क्षेत्रीय, लेखनवृत्ती र संस्थागत शिर्षकमा आव्हान गरेको शिक्षा पत्रकारिता पुरस्कारका लागि दुई सय पत्रकार र सञ्चार माध्यमहरुले दावी सहित निवेदन पेश गरेका थिए ।

महासंघकी उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा गठीत छनौट समितिको सिफारिसमा ४० पत्रकार र सञ्चार माध्यमलाई पुरस्कार प्रदान गरिएको महासचिव उजिर मगरले जानकारी दिनुभयो । यसैगरी बागलुङको खरवाङमा रहेको सामुदायिक रेडियो सारथीलाई पनि एफ एम रेडियोतर्फ २५ हजार रुपैया राशीको संस्थागत पुरस्कार प्रदान गरिएको छ ।

रेडीयोको प्रमुख बिष्णु भुषालले पुरस्कार ग्रहण गर्नुभएको थियो । शिक्षा राज्यमन्त्री धनमाया बिक, शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठ, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।