दरवाङको गाउँ परिषद् सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ १७ पुस ।
म्याग्दीको दरवाङ गाविसको २५ औ गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । दरवाङमा आयोजित कार्यक्रममा गाविस सचिव सोमबहादुर खत्रीले चालु आर्थिक वर्ष २०७३७४ को पुँजीगत तर्फ ३२ लाख ५५ हजार ५९३ र चालु तर्फको नौ लाख पाँच हजार २ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो ।

सचिव खत्रीले एकिकृत योजना तर्जुमा समितिको बैठकबाट पारित आगामी आर्थिक वर्षको पुँजीगततर्फ ३६ लाख र चालु तर्फ नौ लाख ९६ हजार रुपैयाँको प्रस्तावीत योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।dharabang bazarपरिषद्का प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्रेमराज गिरीले विकास योजनाको सार्थक रुपमा परिणाम र नतिजामुखी बनाउन जोड दिनुभयो । उहाँले दिगो विकासका लागि सचेतना र जनसहभागिताको आवश्यकता रहेको बताउनुभयो ।

गाविस सचिव खत्रीको अध्यक्षता, जिविसको वास परियोजनाका फिल्ड सुपरभाईजर शिवराम शर्माको सञ्चालन र सामाजिक परिचालिका शिला किसानको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, पुर्व सांसद तथा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, जिविसका वास फोकल पर्सन राजेन्द्र आचार्य लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी नेपाली काँग्रेसका गाउँ कार्यसमिति सभापति शिवनारायण फगामी, नेकपा एमालेका जिल्ला सदस्य कर्णबहादुर रोका, रघुनाथ न्यौपाने, जिल्ला सहकारी संघका लेखा समिति संयोजक सुरेन्द्रराज शर्मा, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजेन्द्र पौडेल, न्यु दरवाङ महिला सहकारीकी अध्यक्ष याममती रोका, म्याग्दी उद्योग वाणिज्य संघ दरवाङ ईकाईका सभापति मोतीराज गौतम र वडा नागरीक मञ्चको तर्फबाट ओमकार रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गाउँ परिषद्को अवसरमा दरवाङ गाविसको ९ वटै वडामा कार्यरत स्वमसेवीकाहरुलाई सम्मान गरिएको थियो ।