जिशिका पर्वतका कर्मचारीका कारण विथोलियो अभिभावक भेला

विकल्प न्यूज/पर्वत
पुस १८ गते । पर्वतको धाइरिङ ४ सल्यानमा रहेको श्री फर्से धाइरिङ माध्यमिक विद्यालयको अभिभावक भेला जिल्ला शिक्षा कार्यालय पर्वतबाट खटिएका कर्मचारीका कारण विथोलिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन बमोजिम विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्न आइतवार अभिभावक सहितको सर्वपक्षिय भेलाले ढाकिएको थियो ।15826703_1905723686315317_392070798978736506_nविद्यालयमा व्यवस्थापन समिति गठन गर्नका लागि जिल्ला शिक्षा कार्यालय पर्वतबाट खटिएका विद्यालय निरिक्षक झलक आचार्यको गलत कार्यशैलीका कारण ढाकिएको अभिभावक भेला विथोलिएको अभिभावक, शिक्षक र स्थानीय राजनीतिक दलका नेताहरुले बताएका छन् ।

निरिक्षक आचार्यले गलत ढङगले व्याख्य गरि भेलामा उपस्थित भएका स्थानीयवासीहरुलाई विभाजित गरिदिएपछि चर्को विरोध भएको स्थानीयवासीहरुले बताएका छन् । विद्यालय प्राङगणमा भेला भएका स्थानीयवासीहरुलाई निरिक्षक आचार्यले भेलामा नवस्न र घर घर जान दवाव दिएको गाउँलेहरुले बताएका छन् ।

निरिक्षक आचार्यले विद्यालयको व्यवस्थापन समिति गठनमा अभिभावक र अन्य सरोकारवाला व्यक्तिहरुलाई सहभागि नगराउँदा समस्या उत्पन्न भएको नेपाली काँग्रेस धाइरिङका उपसभापति हिमलाल रिजालले बताउनुभयो । दुइचार जनालाई मात्र बन्द कोठा भित्र राखेर समिति गठन गर्न खोज्नु विद्यालयको हित विपरित भएको उहाँले भनाई छ ।

विद्यालय निरिक्षकले नै आइतवारको भेला विथोलेको नेकपा एमालेका परशुराम पौडेलले बताउनभयो । निरिक्षक आचार्य राजनीतिक अभिष्ट पुरा गर्ने उद्देश्यले प्रेरित भएर आएकाले समस्या उत्पन्न भएको पौडेलले आरोप लगाउनुभयो ।

विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि सार्वजनिक रुपमा ढाकिएर उपस्थित भएका गाउँका बुद्धिजिवि,सामाजिक र शिक्षाप्रेमीहरुलाई विद्यालय निरक्षक आचार्यले विद्यालय प्राङगणबाट धपाएको स्थानीयहरुले गुनासो गरेका छन् ।

विद्यालय सञ्चालन गर्नका लागि स्थानीयवासीहरुको ठूलो योगदान रहेको छ, स्थानीयवासी बुद्धि सुवेदीले भन्नुभयो,‘बाहिर खुल्ला स्थानमै व्यवस्थापन समितिको छनौट गरेको भए भेला विथोलिने थिएन ।’ विद्यालय निरिक्षकले स्थानीयवासीहरुलाई भिभाजित गर्न खोजेको सुवेदीको भनाइ छ ।

नेकपा माओबादी केन्द्रका नेता टुङगनाथ आचार्यले जिशिकाका कर्मचारीको कारण भेलाले कुनै निर्णय गर्न नसकेको बताउनुभयो भएको छ । खुल्ला चौरमा गर्नुपर्ने भेला बन्द कोठाभित्र लैजानु नै भेला विथोलिनुको मूख्य कारण भएको उहाँको भनाई छ ।

केही अभिभावकहरुलाई विद्यालय निरिक्षक आचार्यले हजुरहरुको काम छैन वाहिर जानुहोस भनि निकाल्दीएको छविलाल नेपालीले बताउनुभयो ।

विद्यालय निरिक्षक आचार्य राजनीतिक उद्देश्यबाट प्रेरित भएर कुनै व्यक्तीलाई अध्यक्षको टिका लगाउन खोज्नु दुर्भाग्य भएको नेपालीले बताउनभयो । हामी हाम्रो विद्यालयको व्यवस्थापन समिति गठन गर्न सक्षम छौ उहाँले भन्नुभयो, ‘शिशिकाको कर्मचारीको गलत कार्यशैलीले अभिभावकहरु विभाजित हुन पुगे ।’यसले भविष्यमा विद्यालय सञ्चालनमा समस्या उत्पन्न गराउने उहाँको भनाई छ ।
आइतबारको भेलामा कुनै निर्णय हुननसकेपछि भेला स्थगित गर्नु परेको विद्यालयका प्रधानाध्यापक मुकुन्दप्रसाद आचार्यले बताउनुभयो ।