म्याग्दीका २६ उजुरीहरुमा अख्तियारको छानविन

विकल्प न्यूज/बेनी
पुस २० गते । म्याग्दीका २६ वटा उजुरीहरु अख्तियारले छानविन प्रक्रियामा लगेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराले बुधबार बेनीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उक्त उजुरीहरु माथि छानविन थालेको बताइएको हो । adhuaaचालु आर्थिक बर्षको मंसिर मतान्तसम्म शिक्षाको ७, संघिय मामिला तथा स्थानीय विकासका ७, गृहका ४, भुमिसुधार तथा व्यवस्थाका २, स्वास्थ्यको २, शहरी विकास २, उर्जा १ र भौतिक १ उजुरी दर्ता भएको अदुअआ क्षेत्रिया कार्यालयका उपसचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ३ ओटा उजुरीका वारेमा आयोगले विस्तृत रुपमा अध्ययन र अनुसन्धान गरिरहेको छ । पश्चिमाञ्चल भित्र ८५ ओटा उजुरीहरुमा आयोगले विशेष अनुसन्धान गरिरहेको उपसचिव रेग्मीले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा अदुअआका सहसचिव जानकी बल्लभ अधिकारीले सवैको सहकार्यमा भ्रष्टाचार नियन्त्रण हुने भएकाले आयोगको कामकाजमा सहयोग गर्न आग्रह गर्नुभयो । सहसचिव अधिकारीले आयोगले प्रचलित ऐन,नियम र कानुनहरुको पालना गराउनका लागि काम गरिरहेको बताउनुभयो । सहसचिव अधिकारीले विकास निर्माणलाई असर पु¥याउने मनासय नभएको बताउनुभयो । उहाँले सवैको सहकार्यबाट नै मुलुकमा सुशासन कायम हुने बताउनुभयो ।

कार्यक्रमा प्रमुख जिल्ला अधिकारी केशव राज आचार्य र स्थानीय विकास अधिकारी प्रेमराज गिरिले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सवैको भएको बताउनुभयो । कार्यक्रमा अदुअआका उपसचिव रेग्मीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कर्तव्य र अधिकारका वारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।