मनोरञ्जन
जिल्लास्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

म्याग्दी १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित प्रतियोगितामा सदरमुकाम बेनीमा रहेको प्रकाश मा.वि.का विद्यार्थी कलाकारहरुको टोलीले उपाधी हात पारेका हुन् । […]
कान्छी गाउँ विजयी

म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय […]
धवलागिरिको पुख्र्यौली नाच प्रतियोगितामा मुना बिजयी

विकल्प न्यूज/बेनीजेठ ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल भएका छन् । त्यसैगरि […]
माइतीघर’ फिल्मको छायाङ्कन म्याग्दीको ताकमबाट सुरु

विकल्प न्यूज/बेनीबैशाख १८ गते फिल्म ‘माइतीघर’को छायाङ्कन सुरु भएको छ । बिहीबार म्याग्दीको ताकम गाउँमा फिल्मले शुभसाइत गर्दै छायाङ्कन सुरु गरेको हो । स्थानीय गणेश मन्दिरमा फिल्मको शुभसाइत पूजा भएको निर्माता रोहित अधिकारीले जानकारी दिए । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ फिल्मको बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा छायाङ्कन […]
म्याग्दी प्रतिष्ठानलाई उपाधि

(बागलुङ), चैत २६ गते । चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो । प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय स्थान नगरकोट दोहोरी […]
रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनीमाघ १४ गते । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको […]
मौलिक पोसाक भाडामा लगाएर आम्दानी

म्याग्दी, माघ ३ गते । यहाँको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् । अहिले तोरी फुलेर मनमोहक बनेको रत्नेचौरमा रमाउन आउने पर्यटकहरुले मगर, क्षेत्री, थकाली, ब्राह्मणलगायत जातजातीको पोसाक लगाएर तस्बिर, श्रव्यदृश्य खिच्ने गर्दछन् । पर्यटकलाई जातजातिको मौलिक पोसाक भाडामा लगाएर स्थानीयले आम्दानी […]
म्याग्दी महोत्सवको तयारी पूरा,आज उद्घाटन

म्याग्दी,पुस २८ गते । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार उद्घाटन गर्नुहुने आठौं म्याग्दी महोत्सवको तयारी पुरा भएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सदरमुकाम बेनीमा आजदेखि आगामी माघ ८ गते सम्म संचालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलाको तयारी पुरा भएको म्याग्दी […]
जलजला ४ द्धारा नौमती बाजा सहयोग

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर ४ का वडाध्यक्ष […]
पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

बलेवा (बागलुङ), असोज २९ गते । यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबाजा […]
टिकटकमा चर्चा कमाउदै प्रकाश दुतराजको गीत ‘रेशम’

विकल्प न्यूज/बेनीअसोज २९ गते । म्याग्दी जन्मथलो भएका लोकप्रिय गायक प्रकाश दुतराजको गीत ‘रेशम’ले यतिखेर टिकटकमा निकै चर्चा पाएको छ । प्रयोगकर्ताहरुले गीतका विभिन्न टुक्काहरुमा टिकटक बनाइरहेका छन् । यो गीतमा थुप्रैले टिकटक र फेसबुक रिल्स भिडिओ बनाएका छन् । त्योसँगै युट्युबमा गएर गीत हेर्ने र सुन्नेहरू बढेका छन् । जसका कारण गीतको युट्युब भ्युज […]
बेनीको कोट मन्दिरमा फुलपाती भित्र्याइँयो

ठाकुरप्रसाद आचार्यम्याग्दी,असोज २४ गते । बडादसैंको सातौ दिन बिहिबार फुलपातीका अवसरमा म्याग्दीका कोतघरहरुमा फुलपाती भिœयाइएको छ । बाजागाजा सहित हर्षउल्लासपूर्ण तरिकाले दसैं घरहरुमा फुलपाती भित्र्याइँएको हो । बेनी कोटभण्डार व्यवस्थापन समितिको आयोजनामा बडादशैंको सप्तमीका दिन नेपाली सेनाको अर्थुङ्गे स्थित शत्रुभञ्याङ गुल्मबाट ल्याइएको फुलपाती नौमती बाजा,नेवारी समुदायको मौलिक धिमे बाजा सहित बजार परिक्रमा गरेर बेनीको कोट […]
कालरात्रीमा बेनी कोटमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै

विकल्प न्यूज/बेनीअसोज १८ गते । नेवार युवाहरुको संस्था ल्याम्ह पुचःले कालरात्रीका दिन बेनी कोटमा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । बेनी नगरपालिका ८ स्थित एतिहासिक बेनी कोट मन्दिरको महिमा बढाउन विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।नेपाल भाषाः मंका खल ः अन्तर्गत रहेको सो संस्थाले महान् पर्व विजयादशमीको आठौं दिन कालरात्रीको अवसरमा बेनीको कोट […]
नयाँ भर्सनमा ‘बेनीको बजार’ गीत सार्वजनिक (भिडियो सहित)

ठाकुरप्रसाद आचार्यभदौं ३० गते । बेनीलाई देश विदेशमा परिचित बनाएको ‘बेनीको बजार,जता माया उतै छ नजर किरेमिरे जाले रुमाल’ गीत नयाँ भर्सनमा पुनःनिर्माण गरी सार्वजनिक गरिएको छ । गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीको आवाजमा रहेको चर्चित गीत नयाँ भर्सनमा पुनःनिर्माण गरिएको हो । शनिबार म्याग्दी जेसिज र समाजिक विकास कार्यालय म्याग्दीले बेनीमा आयोजना […]
बेनीको बजार गीतको गायिका मन छन्त्याल सम्मानित

भदौ २९ गते । लोकप्रिय बेनीको बजार, जता माया उतै छ नजर’ गीतकी रचनाकार एवम् गायिका मन छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजद्वारा आयोजित पानी खायो बाघलै एवम् बेनीको बजार गीतको पुनर्निर्मित म्युजिक भिडियो विमोचन कार्यक्रममा गायिका छन्त्याल श्रेष्ठ सम्मानित हुनुभएको हो । पाँच […]