ताजा समाचार:
Search

बिमका मिर्गौला रोगबाट पीडित धनबहादुरको सहयोगका लागि १४ लाख सहयोग

विकल्प न्यूज /बेनी
बैशाख १५ गते ।


म्याग्दीको मालिका गाउँपालिका–७, बिमका मिर्गौला रोगबाट पीडित धनबहादुर शेरपुञ्जालाई १४ लाख रुपियाँभन्दा बढी सहयोग प्राप्त भएको छ । बिम मालिका सङ्घ अन्तर्राष्ट्रिय विभाग संयोजक एवम् समाजसेवी कृष्ण जुग्जालीको संयोजकत्वमा बिम घर भई हाल विभिन्न देशमा रहेका बिमवासीबाट सङ्कलित सो रकम शेरपुञ्जाको उपचारमा सहयोग गरिएको हो । दुवै मिर्गौला फेल भएपछि निरन्तर डाइलासिस गर्दै आउनुभएका शेरपुञ्जाको उपचारमा आर्थिक समस्या भएको थियो । सो रकम शनिबार एक कार्यक्रमका बिच पीडित धनबहादुरलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम सङ्कलन अभियान संयोजक जुग्जालीका अनुसार मिर्गौलापीडित धनबहादुरको उपचारसँगै बिम मालिका सङ्घको अक्षयकोषमा बिम समाज युके दुई लाख ८२ हजार ९०६ रुपियाँ, अमेरिकाबाट रत्नसिङ गर्बुजाको संयोजकत्वमा पाँच लाख २९ हजार ६५० रुपियाँ, हङकङमा दल शेरपुञ्जा, खिम जुग्जाली र दलिमा पुनको संयोजकत्वमा सात लाख ३५ हजार ७५० रुपियाँ अस्ट्रेलिया रघु जुग्जाली, चकमान शेरपुञ्जा एक लाख ९७ हजार ७४५ रुपियाँ र जापानमा हेमकुमार जुग्जाली र कुलबहादुर गर्बुजा ९१ हजार ३९५ रुपियाँ गरी कुल १८ लाख ३७ हजार ४४६ रुपियाँ सहयोग सङ्कलन गरिएको हो । आर्थिक सहयोगले पीडित शेरपुञ्जाको उपचारमा सहयोग पुग्ने बताउँदै संयोजक जुग्जालीले सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Adv

सङ्कलित सहयोग रकमबाट विपद् तथा उपचारसहित अन्य सामाजिक कार्यमा खर्च गर्ने गरी कोषमा चार लाख १० हजार रुपियाँ जम्मा गरिएको बिम मालिका सङ्घ काठमाडौँका अध्यक्ष सुबेदार देउप्रसाद जुग्जालीले जानकारी दिनुभयो । पीडित शेरपुञ्जाले ऋणधन गरी उपचार गर्दा समेत अपुग भएको अवस्थामा प्राप्त सहयोगले सहज भएको बताउनुभयो ।

‘‘आर्थिक सहयोग प्राप्त भएपछि अब बाँच्ने आस पलाएको छ । उपचारमा यो रकमले धेरै सहज हुन्छ’’, काठमाडौँमा उपचाररत पीडित शेरपुञ्जाले भन्नुभयो, ‘‘नियमित डायलिसिस, औषधी सेवन लगायतमा खर्च हुन्छ ।’’ डायलिसिससँगै मिर्गौला प्रत्यारोपणका लागि डोनरको खोजी भइरहेको पीडित शेरपुञ्जाको भनाइ छ । gorkhapatra