ताजा समाचार:
Search

म्याग्दी समाचार

अग्नी पीडित नेपालीको परिवारलाई केसीद्धारा २५ हजार सहयोग

विकल्प न्यूज/जलजला फागुन ९ गते । पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ किराखोरका अग्नी पीडित गम्बरवहादुर नेपालीको परिवारलाई खेमवहादुर केसीले २५ हजार रुपियाँ बरावरको सामाग्री सहयोग गुर्नभएको छ । धाइरिङ सल्यान घर भइ हाल बेनी बजारको कालिपुलका व्यवसायी तथा समाजसेवी केसीले मंगलबार आगलागिबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुइ थान त्रिपाल,एक बण्डल जस्ता पाता,दुइ बोरा चामल, चाउचाउ,भूजा […]

डडुवामा ‘लिफ्ट’ खानेपानी

सन्तोष गौतम /विकल्प न्यूज फागुन ९ गते ।बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दङग पर्नुभएको छ । “डेढ, दुई घण्टा लगाएर गाग्री, ग्यालीन, ड्रम, बोत्तलमा पानी ओसार्नुपर्ने बर्षौदेखिका दुखका दिन गए” ६० वर्षिया परियारले भन्नुभयो “अहिले आगनको धारामा नियमित पानी आउन थालेपछि सुबिधा भयो ।” घरमा उपभोग गर्ने, […]

बेनी गलेश्वर कालोपत्रे सुरु

विकल्प न्यूज/बेनी फागुन ८ गते ।                                                                                                 नवविकल्प फलोअप तेस्रो पटकको म्याद थपपछि बेनी–गलेश्वर सडक कालोपत्रे योजनाको कामले गति लिएको छ । अठार महिनामा सकिनुपर्ने डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम साढे दुई वर्षमा पुरा हुन लागेको हो । यो आयोजना निर्माणमा भएको ढिलाईप्रति सरोकारवालाले चासो दिँदै आएका थिए भने नवविकल्प साप्ताहिकले समेत पटक पटक […]

प्रवासीको पहलमा विद्यालयलाई पाच लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ फागुन । म्याग्दीको मालीका गाउँपालिका ४ मा रहेको महभिर आधारभुत विद्यालयलाई एक प्रवासीको पहलमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ४ च्युरीबोट घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर घर्तीमगरको पहलमा बेलायत र हङकङमा संकलन भएको पाच लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराइएको हो । ७३ […]

क्रिकेट खेलाडी केसीलाई बेनीमा सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन ।नेपाली क्रिकेट टोलीका खेलाडी करन केसीलाई मंगलबार बेनीमा सम्पन्न गरिएको छ ।  नेपाली क्रिकेट टोलीलाई विश्वकप छनौट खेलमा बिजयी गराउन योगदान गरेकोमा बेनी नगरपालीका र जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा केसीलाई सम्मान गरिएको हो । हालै नामीभियामा नेपालले क्यानडालाई पराजीत गर्दै विश्वकप खेल्नका लागि छनौट भएको थियो […]

शिक्षकलाई मात्र गाली नगरौं

देवीप्रसाद शर्मा/विकल्प न्यूज फागुन ७ गते । पृष्ठभूमि ः २०४६ सालको जनआन्दोलनमा शिक्षकहरूको उल्लेखनीय भूमिका देखेर हौसिएका राजनीतिक दलहरूले शिक्षकहरूलाई प्रयोग गर्दा सफल भइनेरहेछ भन्ने बुद्धि झिके । अझ सोही आन्दोलनमा भूमिका निभाएवापत २०४८ सालमा तत्कालीन प्रम कृष्णप्रसाद भट्टराईले एक शैक्षिक सत्र काम गरेका शिक्षकहरूका लागि विभिन्न सुविधाहरू सहित ‘स्थायी ‘को बम्पर उपहार घोषणा गरे […]

परिवार नियोजन सुदृढीकरण कार्यक्रम म्याग्दीका सबै स्वास्थ्य संस्थामा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । म्याग्दीका सबै स्वास्थ्य संस्थामा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम विस्तार गरिने भएको छ । परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगको दर वृद्धी गरी अनईच्छुक गर्भधारण कम गरी गर्भपतन गर्नुपर्ने अवस्था आउन नदिनका लागि कार्यक्रम विस्तार गर्न लागिएको हो । युएसआईडीको आर्थिक सहयोग र जिल्ला स्वास्थ्य कार्यालयसंगको समन्वयमा […]

भ्रष्ट्राचार नियन्त्रण र शुसासन अबको प्रथामिकता

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । म्याग्दीका जनप्रतिनिधिहरुले भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नु अबको प्रमुख दायीत्व भएको बताएका छन् । ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवसको अवसरमा सोमबार बेनीमा आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुले संबिधानको कार्यान्वयन, विकास र सम्बृद्धी हाँसील गर्न भ्रष्ट्राचार नियन्त्रण र शुसासन कायम गर्नुपर्ने बताउनुभएको छ […]

तिन वटा सहकारीका सञ्चालकबीच अन्तरक्रिया

विकल्प न्यूज/बेनी फागुन ६ गते ।बेनीमा आईतबार तिन वटा सहकारी संस्थाका सञ्चालकहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनीको दिदीबहीनी, भक्तपुर जिल्ला सहकारी संघ र रुपन्देहीको क्षितीज बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुबीच अनुभव आदानप्रदान गरिएको हो । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामीछाने, क्षत्तीज बचत तथा ऋण सहकारीका कार्यबाहक अध्यक्ष […]

जनप्रतिनिधिलाई साक्षी राखेर माउण्टमा भित्रीए नयाँ संचालक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ६ फागुन । बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविमा नयाँ लगानीकर्ता र सञ्चालक भित्रीएका छन् । २५ वर्षदेखि चन्द्रकुमार केसी, सुरत केसी र राजु केसीले सञ्चालन गर्दै आएको माउन्ट एभरेष्टमा भित्रीएका नयाँ सञ्चालकहरुको आईतबार एक समारोहको आयोजना गरेर सार्वजनीक गरिएको । हरिकुमार श्रेष्ठ, लिलाबहादुर बानियाँ, राजेश शाक्य, प्रमोद श्रेष्ठ, रमेश गिरि, […]

घारखोला जलविद्युत आयोजना शिलन्यास नहुँदै विवादमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । म्याग्दी हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको आईतबार शिलन्यास गरिएको छ । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ नम्बर वडा घारको सिमाना कुरीलाखर्कमा रहने बाँध तर्फबाट खन्न सुरु भएको सुरुङमा बिस्फोट गराएर आयोजनाका प्रमुख […]

घूस लिएको रकम सहित म्याग्दीमा प्रहरी हवल्दार पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, फागुन ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले म्याग्दीको बेनीबाट घुस सहित एक जना प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रघुगंगा गाउँपालिका ६ मा रहेको पाखापानी प्रहरी चौकीका हवल्दार कुलबहादुर बि.सीलाई बेनीको कालीपुल बसपार्कबाट घुस लिएको एक लाख साठी हजार रुपैयाँ सहित पक्राउ गरेको आयोगका प्रवत्ता पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो […]

प्रजातन्त्र दिवसका अवसरमा बेनीमा सरसफाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनिक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनिक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन […]

बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण

विकल्प न्यूज/बेनी फागुन ६ गते । बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीको १२ औं अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । ५ दिनसम्म विविधि कार्यक्रमको आयोजना गरेर अभिभावक दिवस मनाइएको हो । अभिभावक दिवसको अवसरमा आयोजित सभामा प्रमुख अतिथी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लाको शैक्षिक विकासमा नीजि […]

रोजगारीका लागि प्राबिधिक शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ फागुन । म्याग्दीका सरोकारवालाहरुले आत्मनिर्भर र स्वरोजगार बन्नका लागि प्राबिधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । बेनीमा रहेको ग्राफिक्स कम्प्युटर सेन्टरको शनिबार भएको प्रथम वार्षिक उत्सव तथा अभिभावक दिवसमा सहभागीहरुले प्राबिधिक शिक्षा अपरिहार्य रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले नेपालमै केही […]