गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु

विकल्प न्यूज/बेनी
बैशाख ११ गते । 31154250_2000704586638355_4421363961568428032_nपश्चिम म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बराङ्जालाई गाउँपालिकासँग जोड्न सडक निर्माण सुरु भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४÷७५ को वार्षिक बजेट तथा कार्यक्रममार्फत सडक निर्माणको काम अगाडि बढाइएको हो ।

मंगला–३, को सातबिसेदेखि सडकको ट्¥याक खोल्ने काम सोमबारदेखि औपचारिक रुपमा सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । ट्¥याक खोल्ने कार्यको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका र उपाध्यक्ष सिर्जना केसीले डोजरलाई पुजा गरेर ट्¥याक खन्ने कामको सुरुवात गरेका थिए ।

चालु वर्षमा प्राप्त ६० लाख रुपैयाँको बजेटबाट सडकको ट्¥याक खोल्न सुरु गरिएको मंगला गाउँपालिकाका प्रवक्ता कविन्द्र रोकाले जानकारी दिए । उक्त सडक सातबिसे–ज्यामिरे–तोरीडाँडा–हाँसेडाँडा हुँदै मंगला–४ को वडा कार्यालयसम्म पु¥याइने उनले बताएका छन् ।

मंगला–३, बराङ्जाको वडाध्यक्ष समेत रहेका रोकाले गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार सडक निर्माण थालिएको बताउँदै नयाँ ठाउँमा सडकको ट्¥याक खोल्ने र यसअघि खोलिएको ट्¥याकमा स्तरोन्नति गरिने बताए । गाउँपालिकाले अन्य वडाभित्र अवरुद्ध सडक मर्मत गरेर खुलाउने तथा स्तरोन्नति र ट्¥याक खोल्ने बताएको छ ।