सांसद तुलाचनद्धारा बालिकाको अभिभावकत्व ग्रहण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १२ बैशाख । Samsad Prem Prashad Tulachan Student Bharna (3)मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले थासाङ गाउँपालिका ४ की एक बालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

जनप्रतिनिधिले विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर भर्ना अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सांसद तुलाचनले अन्नपूर्ण आधारभुत विद्यालयको कक्षा १ मा स्थानीय कञ्चन बिकलाई भर्ना गराउनुभएको हो ।

सांसद तुलाचनले पुस्तक, कापी, कलम र पोशाकको व्यवस्था गरी बुधबार बालिकालाई भर्ना गराउनुभएको थियो । उहाँले बालिकालाई कक्षा दश सम्म पढाउने घोषणा गर्नुभएको छ । समृद्ध नेपाल निर्माणका लागि शिक्षालाई रोजगारमुलक बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो ।