मंगलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु


विकल्प न्यूज\बेनी
म्याग्दी,मङ्सिर ६ गते ।

म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैलाशफाँटमा सुरु भएको हो ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो ।


प्रतियोगितामा द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।


प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुदले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि सहयोग पुग्ने बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रतियोगितालाई अनुशासीत र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गाउँपालिकाले आबश्यक तयारीका साथ प्रतियोगिता सञ्चालन गरेको बताउँदै विद्यार्थीहरुलाई आफ्नो खेल प्रतिभालाई उत्कृष्ट रुपमा प्रदर्शन गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री,वडा नम्बर ५ का अध्यक्ष भुपेन्द्र खत्री क्षेत्री,मंगला माविका प्रअ गमबहादुर खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।