बेनी नगरको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई


विकल्प न्यूज\बेनी
म्याग्दी,मंसिर ८ गते ।


म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जितेको छ । प्रकाश माविले १३ स्वर्णपदक सहित प्रकाश मावि प्रथम भएको छ ।

कुल ६६ इभेण्टमा नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा प्रकाश माविले १३ स्वर्ण, ६ रजत, १४ काँस्य पदक सहित उपाधी चुमेको हो । प्रतियोगितामा बिजेता प्रकाश माविलाई नगद ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिएको छ ।


त्यसैगरि प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र १४ कास्य पदक सहित द्धितिय हुन सफल न्यू वेष्ट पोइन्ट आवासीय मावि र ५ स्वर्ण, २ रजत र ६ कास्य पदक सहित तृतिय हुन सफल माउण्ट एभरेष्ट आवासीय माविलाई क्रमश ःनगद ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, भलिबल, कबबडी, मार्चपास विद्यागत रुपमा समेत प्रतियोगिताका बिजेता र उपबिजेताहरुलाई नगरप्रमुख सुरत केसी, प्रतियोगिताका संयोजक एवम सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा अध्यक्षहरु सहित जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबलको छात्रतर्फ प्रकाश मावि प्रथम, पौलस्य मावि द्धितिय र माउण्ट एभरेष्ट आवासीय मावि तृतिय, छात्रातर्फ बेनी सामुदायिक मावि प्रथम, प्रकाश मावि द्धितिय र म्याग्दी बहुमुखी क्याम्पस तृतिय भएको अफिसियल संयोजक बिरेन्द्र श्रेष्ठले बताए ।

त्यसैगरी कबड्डीमा छात्रतर्फ प्रथम न्यू वेष्ट प्वाइन्ट आमावि प्रथम,द्धितिय प्रकाश मावि र तृतिय बेनी सामुदायिक मावि, छात्रातर्फ प्रथम प्रकाश मावि, द्धितिय बेनी सामुदायिक मावि र तृतिय न्यू वेष्ट प्वाइन्ट आमावि भएको थियो । प्रकाश माविले लगातार ३ पटक कप जितेर शिल्ड पच गरेको छ ।