ब्यापार व्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु

सन्तोष गौतम/विकल्प न्यूज Banau 1म्याग्दी १२ बैशाख / पर्वतको जलजला गाउँपालिकाका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ ।

गाउँपालिकाको ९ वटै वडामा रहेका ब्यापार व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरेर अनुगमन तथा ब्यवसाय दर्ता गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुन, ९ नम्बर वडा बनौका अध्यक्ष गौबहादुर पुन, ३ नम्बर वडाका अध्यक्ष देवेन्द्र भण्डारी (रवी) र उद्योग शाखाका कर्मचारीहरुको टोलीले मंगलबार बनौका पसलहरुको अनुगमनका साथै चार जनाको व्यवसाय दर्ता गरेको छ ।

दर्ता नगरी सञ्चालन हँुदै आएका पसल, व्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो । नियमनकारी निकायको पहुँचको कमी तथा व्यवसायीको बेवास्ताका कारण ग्रामिण क्षेत्रका अधिकांश पसल, व्यवसाय दर्ता बिनै सञ्चालन हुदै आएका छन् ।

प्रति व्यवसाय दर्ताका लागि दुई हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ । मिलनचोक, वारीबेनी, मल्लाज, लस्ती जलजलाका मूल्य बजार क्षेत्र हुन भने बस्ती, बस्तीमा पसल रहेका छन् । व्यवसायलाई करको दायरामा ल्याई व्यवस्थित बनाउन र उत्पादनमुलक व्यवसायलाई प्रोत्साहनको निती अवलम्बन गरिने कार्यपालीका अन्तरगत आर्थिक विकास समितिका संयोजक देवेन्द्र भण्डारीले बताउनुभयो ।