गरिमाको निक्षेप संकलन र व्यवसाय विस्तार ४०% ले बढ्यो

विकल्प न्यूज/बेनी
बैशाख १२ गते । garima bikash bank गरिमा विकास बैक (GBBL)ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २८ करोड १५ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १४ रुपैयाँ ८१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक बर्षको यहि अवधिमा २४ करोड ८५ लाख रुपैयाँ कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा पुरयाएको थियो ।

गरिमा विकास बैकले बोनस तथा ७० प्रतिशत हकप्रद जारी गरेर एक अर्ब २९ करोडको चुक्ता पूँजी दुई अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ । बैंकले जगेडा कोष २१ प्रतिशतले बढाएर ५७ करोड ०९ करोड सञ्चित गरेको छ । 636602411524657344यस अवधिमा बैंकले १८ अर्ब ६३ करोड निक्षेप संकलन गरि १७ अर्ब १० करोड रुपैँया कर्जा लगानी गरि ६९ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा १३.२८ प्रतिशत, चुक्ता पूँजी ९५.५० प्रतिशत, खुद व्याज आम्दानी ७०.१२, निक्षेप ३९.१६ प्रतिशत र कर्जा लगानी ४१.४८ प्रतिशतले बढेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात शुन्य दशमलव ७८ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १२.२२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ५२ पैसा रहेको छ । merolagani.com