बिकट राम्चेभित्र सम्भावना लुकेको छ

विकल्प न्यूज/बेनी
बैशाख १० गते । Ramche vdc

राम्चेमा दोस्रो कार्यकालको लागि जनप्रतिनिधिको हैसीयतमा काम गर्दैछु । यसअघि वि.स २०५४ मा तत्कालीन राम्चे गाविसको उपाध्यक्षमा निर्वाचित भएर काम गरेको थिएँ । भुगोल एउटै भएपनि त्यसबेलाको गाविस र अहिलेको वडाको काम, कर्तब्य र अधिकारमा आकाश जमिनको फरक छ । नयाँ संरचना भएकाले एक वर्षको अवधि ऐन, कानुन, बिधी, प्रक्रिया बुझ्दा बुझ्दै संघर्ष र अलमलमै बित्यो । यो अवधिमा पालिकाबाट चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बनायौ   ।

बजेट बिनियोजन भएका योजना कार्यान्वयनको अन्तिम चरणमा छौं । आगामी वर्षको योजना बनाउने तयारीमा छांै । वडाबाट हुने नियमित सेवा प्रवाहको कामसंगै कार्यपालिका र भौतिक पूर्वाधार निर्माण समितिको सदस्यको रुपमा नीति नियम बनाउने काममा समेत आफ्नो ठाउँबाट सक्रिय भुमिका निर्वाह गरेको छु ।

हालै वडाको सबै बस्तीका प्रतिनिधि, युवा क्लब, आमा समूह, विद्यालयका प्रतिनिधिहरुको भेला गरेर वर्षमा वडामा एउटा मात्रै मेला लगाउने निर्णय गरेका छांै । मेलालाई ब्यवस्थित गर्न सकियो भने सामाजिक विकृति नियन्त्रण, शान्ति सुरक्षालाई सुदृढ हुनुका साथै विद्यालयको पढाईलाई राम्रो बनाउन सहयोग पुग्नेछ । वर्षमा एक पटक वडा स्तरमा आयोजना हुने मेलालाई हामीले कला, संस्कृतिको संरक्षणसंगै खेल प्रतिभाको पहिचान र यहाँको सम्भावनालाई उजागर गराउन उपभोग गर्ने योजना छ ।

पालिकाले वडाबाट सञ्चालन हँुने गरि चालु आर्थिक बर्षमा ४३ वटा योजना तथा कार्यक्रमका लागि पचास लाख रुपैयाँ बिनियोजन गरेका थियांै । धेरै जसो योजना सडक मर्मत, स्तरोन्नती र ट्याक खोल्नेसंग सम्बन्धित छन् । थोरै बजेटका धेरै योजना बनाउँदा प्रभावकारी काम गर्न समस्या भएको अनुभव गरेकाले आगामी वर्ष यसलाई सुधार गर्ने सोचेका छांै ।

पूर्वाधार सम्बन्धि योजनालाई उपभोक्ता समिति मार्फत कार्यान्वयनको अन्तिम चरणमा पुराएका छांै । गाउँपालिकाबाट पचास लाख बिनियोजन भएको महभिर हिस्तान राम्चे सडक मर्मतको काम तिब्र रुपमा अघि बढेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा सहज रुपमा आवत जावतको व्यवस्था मिलाउन सडक स्तरोन्नतीलाई प्राथमिकता दिएका हांै ।

राम्चेको मुख्य समस्या भौगोलिक बिकटता हो । यहाँका बासिन्दालाई भौगोलिक बिकटताका कारण गाउँपालिकाको सेवा सुबिधा उपभोगमा समस्या भएको विषयलाई मनन् गरेर हिस्तान राम्चे सडकमा नियमित गाडी सञ्चालन गर्न पहिलो चरणमा सडक मर्मतको काम सुरु भएको छ । अर्को वर्ष पालिकाका कर्मचारी, प्राबिधिक र विषयगत शाखाका कर्मचारीलाई वडामै ल्याएर घुम्ती शिवीर सञ्चालन गरि गाउँमै सेवा दिने सोचेको छु ।

बिकटताका कारणले पूर्वाधार निर्माणको काम गर्न निर्माण सामाग्री ढुवानीमा ठूलो लगानी गर्नुपर्ने अवस्था छ । सडक सहज भयो भने राम्चेबासीलाई धेरै सजिलो हुने अपेक्षा छ । यसका लागि प्रदेश र संघिय सरकारमा समेत पहल गरिरहेका छांै । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत काफलडाँडामा प्रत्येक घरमा धारा जडान गर्ने उद्देश्य सहित खानेपानी आयोजना सञ्चालन भएको छ ।

सुस्ताएको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण कार्यलाई तिब्रता दिन पहल र समन्वय गरेका छांै । यसै वर्षभित्र भवन हस्तान्तरण हुने अपेक्षा छ । शिक्षा कार्यालयको सहयोगमा देउराली आधारभुत विद्यालयको भवन निर्माण भैरहेको छ ।

पर्यटन र कृषिमा प्रशस्त सम्भावना बोकेको यस वडामा जन्मनुभएका सामाजिक अभियान्ता महाबिर पुन हाम्रो सम्पत्ति हुनुहुन्छ । उहाँको सूझाव र सल्लाह हाम्रो लागि मार्गनिर्देशक बनेका छन् । मोहरेडाँडा, नांगी, नांगीबाराही, करबाकेली थान, कालीबराह जस्ता पर्यटकीय सम्भावनाका ठाउँ यस वडामा छन् ।

महभिर करबाकेली फुलबारी मोहरेडाँडा जोड्ने पदमार्गको सम्भाव्यता अध्ययनको तयारी भएको छ । अन्नपूर्ण धौलागिरी सामुदायिक पर्यावरणीय पदमार्गको धेरै भाग हाम्रै वडामा पर्छ । आलु खेती यो वडाको कृषिका लागि ठूलो सम्भावना बोकेको क्षेत्र हो । यसैगरी चौरीगाई, बाख्रा र खरायो पालनको समेत उत्तिकै सम्भावना छ । लेकाली क्षेत्रमा जडिवुटी खेतीको सम्भावना उत्तिकै छ ।

फरक राजनीतिक पृष्ठभुमिका भएपनि गाउँपालिकाका जनप्रतिनिधिहरु विकासको सबालमा एकजुट छौ । स्पष्ट भिजन र काम गर्ने आँट भएको नेतृत्व तथा केही गरौ भन्ने भावनाका साथ अघि बढेका हामी जनप्रतिनिधि र कर्मचारीको टिम छ । वडाका अन्य चार जना सदस्य र सचिव लगायत कर्मचारीहरु आफ्नो जिम्मेवारीमा सक्रिय हुनुहुन्छ । अन्य राजनीतिक दलका मित्रहरुबाट पनी विकासको काममा साथ, सहयोग, सहभागिता र सुझाव पाईरहेका छौं ।

विकासका लागि वडाका बासिन्दाको आर्थिक, भौतिक, श्रमको लगानी मात्र नभएर साथ सहयोग छ । करबाकेलीमा पुन मगर दाजुभाईहरुले गर्नुभएको पूर्वाधार निर्माण यसको नमुना हो । हामीले थोरै बजेट बिनियोजन गरेको योजनामा यहाँका बासीन्दाले त्यो भन्दा बढी श्रम र नगर जुटाएर काम सम्पन्न गर्नुभएको छ । बिकटताका कारण ओझेल र पछाडी परेको राम्चेको समस्यालाई चिर्दै विकास गर्ने अभियानमा अघि बढेका छांै । नवविकल्प साप्ताहिकमा प्रकाशित
सन्तोष गौतमसंगको कुराकानीमा आधारित