मंगलाबाट ठूलो परिमाणको लागूऔषध सहित महिला पक्राउ


विकल्प न्यूज\बेनी
मंसिर ६ गते ।

म्याग्दीको मंगला गाउँपालिका २ बावियाचौरबाट ठूलो परिमाणको लागूऔषध सहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय खड्क बहादुर विकको घरमा लागूऔषध लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले २३ वर्षीय पूर्णा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । पक्राउ परेकी पूर्णा र खडक बाबु छोरी भएको प्रहरीले जनाएको छ ।


गण्डकी प्रदेश प्रहरी कार्यालय लागुऔषध ब्यूरो पोखराबाट सूचना प्राप्त हुना साथ तत्काल कार्यालयबाट खटी गएको प्रहरी टोलीले विकको घरखनतलासी लिने क्रममा घरको आटिँ तलामा बागवान सुपर मसिना चामल लेखेको सेतो हरियो चामलको खाली बोरामा कालो प्लास्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा लागूऔषध डाइजेपाम ३९८ एम्पुल, फेनार्गरन ३९७ एम्पुल र बुपिरिनपर्फिन ३९८ एम्पुल गरि कुल एकहजार एकसय ९३ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिललाई लागूऔषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।