म्याग्दी समाचार
लभ्लीहिलमा चङ्गा उडाउने प्रतिस्पर्धा
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २३ । पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको लभ्लीहिल (प्रणय शिखर)बाट चङ्गा उडाउने प्रतिस्पर्धा हुने भएको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको लभ्लीहिलको डाँडोबाट आउँदो २७ असोजमा चङ्गा उडाउने प्रतियोगिता आयोजना गरिएको हो । सोमबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर लभ्लीहिलमा चङ्गा उडाउने प्रतियोगिता सञ्चालन […]
गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दी जिल्लाका सरोकारवालाहरुले ग्रामीण भेगमा सेचतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार शक्ति समूहले सदरमुकाम बेनीमा आयोजना गरेको मानव बेचबिखन तथा बालयौन शोषणविरुद्ध सरोकारवाला निकाय र संघसंस्थाहरुको समन्वय वैठकमा सचेतनाका कार्यक्रम गर्न जोड दिइएको हो । कार्यक्रममा बालयौन शोषण, मानव बेचबिखन, बलात्कार, हत्या, लैङ्गिक तथा सामाजिक हिंसा न्युनीकरण […]
सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त
विकल्प न्यूज/बेनी असोज २१ गते । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० […]
मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा
विकल्प न्यूज/जलजला म्याग्दी, असोज २० ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको […]
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट सुरु
प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, असोज २० । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शनिबार बेनीमा खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट अन्तर्गत २०७५ को बास्केटबलतर्फका खेलाडी छनोट गरिएको हो । म्याग्दी जिल्लाबाट बास्केटलबल प्रतियोगितामा सहभागिता जनाउन वैकल्पिकसहित १२ […]
‘चन्द्रका भजनहरु’ भजन सङ्ग्रहको बिमोचन तथा रचनावाचन
प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, असोज २० गते । साहित्यकार चन्द्रबहादुर लामिछाने ‘प्रभात’ले लेखेको भजन सङ्ग्रह चन्द्रका भजनहरुको शनिबार बिमोचन भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्यसमितिको सहआयोजना र लायन्स क्लब अफ बेनी महारानीको सहयोगमा म्याग्दी सदरमुकाम बेनीमा भजन सङ्ग्रह बिमोचन तथा रचनावाचन कार्यक्रम गरिएको हो । भजन सङ्ग्रहको […]
रुप्सेको मोबाइल एप्स
विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीबाट प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका अब मोबाइल एप्समा पनि हेर्न पाइने भएको छ । शुक्रबार रुप्सेको १५ वार्षिकोत्सवको अवसरमा ग्राफिक्स कम्प्युटर सेन्टरले डेभलप गरेको रुप्से एप्स प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले लन्च गरेका थिए । ग्राफिक्स कम्प्युटर सेन्टरका म्यानेजर महेन्द्र रेग्मीले मोबाइल एप्स र ग्राफिक्स कम्प्युटरमा […]
रुप्से दैनिकले मनायो १५औं वार्षिकोत्सव
विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष पारित भई हालै […]
रुप्से सञ्चार सहकारीमा केसीको नेतृत्व
विकल्प न्यूज/बेनी असोज १९ गते । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिकाको मातृ संस्थाको रुपमा रहेको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा ठाकुरप्रसाद […]
रुइसेको पर्यटन प्रवद्र्धन गर्न साइकल यात्रा
विकल्प न्यूज/बेनी असोज १९ गते । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीमा रहेको रुइसे क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नका लागि साइकल यात्रा गरिएको छ । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा शुक्रवार पर्वतको मालढुङ देखि बेनी–गलेश्वर हुँदै पर्यटकीय गन्तव्य रुइसे भेडीओढार सम्म साइकल यात्रा गरिएको हो । साइकल यात्राले रुइसेको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा व्यक्त […]
पूरा भयो सापकोटाको स्नातक तह पढ्ने चाहना
विकल्प न्यूज/बेनी असोज १९ गते । चरम गरिबीका कारण उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाको स्नातक तह पढ्ने चाहना पुरा भएको छ । प्लस टू उत्र्तिणा गरेपनि आर्थिक अभावकै कारण स्नातक तहसम्मको शिक्षालाई अगाडी बढाउन नसकेका सापकोटालाई लायन्स क्लव अफ बेनी पिस सिटीले बिहिबार एक कार्यक्रमका बीच ६६ हजार सहयोग हस्तान्तरण […]
निभ्यो गाउँको दियो
अगन्धर तिवारी/पर्वत असोज १८ गते । दुबईमा मृत्यु भएका पर्वतको कुश्मा–७ का प्रेमबहादुर बस्यालको शव कफिनमा घरतर्फ लैजाँदै । तस्बिर : अगन्धर गाउँमा कोही बिरामी पर्यो कि बोकेर अस्पताल कुदाइहाल्थे । गाईभैंसी बिरामी पर्दा र कुनै समस्या पर्दा प्रेमको ठूलो भर थियो । कुश्मा–७ गोदामका यस्ता २८ वर्षीय प्रेमबहादुर बस्याल वैदेशिक रोजगारीबाट राम्रो कमाइको चाहना राखेर अघिल्लो साउनमा […]
दूध पाइँदैन, मदिरा जहीँतहीँ
अगन्धर तिवारी/पर्वत असोज १८ गते । चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन् । ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने । ग्यास्ट्रिकको समस्या भएकाले हिजोआज दूध हालेको चिया पिउँदैनन् । तर, दूध चिया पिउने तलतल लाग्नेको जमात ठूलो छ । […]
म्याग्दीमा दशैं तिहार लक्षित बजार अनुगमन सुरु
विकल्प न्यूज/बेनी असोज १८ गते । जिल्ला प्रशासन कार्यालय म्याग्दीले विहिवार देखि बेनीबजारमा अनुमगन सुरु गरेको छ । नजिकिँदै गरेको दशैं तिहार जस्ता चाढबाडका क्रममा सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मुल्यमा पाउने वातावरण बनाउन बजार अनुगमन सुरु गरिएको हो । सर्बसाधारणले दैनिक उपभोग्य वस्तुहरु सर्बसुलभ र उचित मूल्यमा पाउने आम उपभोक्ताको अधिकार संरक्षण […]
जलजलाको पर्यटन विकासका लागि गुरुयोजना बनाउने तयारी
विकल्प न्यूज/जलजला असोज १८ गते । उत्तरी पर्वतको जलजला गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र जलजलालाई पर्यटन प्रवद्र्धन गर्नका लागि गुरुयोजना निर्माण गर्न थालिएको छ । प्रशस्त पर्यटकीय सम्भावना रहेको जलजलालाई गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालको पहलमा पर्यटकीय गन्तव्य बनाउनका लागि गुरुयोजना तयार पार्न लागिएको हो । पर्यटन विज्ञ सहित जनप्रतिनिधि र राजनीतिकदलका […]