ताजा समाचार:
Search

गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

विकल्प न्यूज/बेनी
असोज २१ गते । IMG_2720म्याग्दी जिल्लाका सरोकारवालाहरुले ग्रामीण भेगमा सेचतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । आइतबार शक्ति समूहले सदरमुकाम बेनीमा आयोजना गरेको मानव बेचबिखन तथा बालयौन शोषणविरुद्ध सरोकारवाला निकाय र संघसंस्थाहरुको समन्वय वैठकमा सचेतनाका कार्यक्रम गर्न जोड दिइएको हो ।

कार्यक्रममा बालयौन शोषण, मानव बेचबिखन, बलात्कार, हत्या, लैङ्गिक तथा सामाजिक हिंसा न्युनीकरण गर्नका लागि समुदाय तथा विद्यालयस्तरमा पुगेर सचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइएको थियो । कार्यक्रममा सहभागी जनप्रतिनिधि, होटल व्यवसायी, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले सामाजिक बिकृति र विसङ्गतिको न्युनीकरण गरी स्वस्थ समाज निर्माण गर्नुपर्ने बताएका थिए ।

बेनी नगरपालिका–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ नम्बर वडाध्यक्ष रामकृष्ण बराईली, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्य र नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले विद्यालयको पाठ्यक्रममा यौनजन्य विषयवस्तुलाई समावेश गरेर बालबालिकालाई जानकारी गारउनुपर्ने बताएका छन् । शक्ति समूहका कार्यकारी निर्देशक सुनिता दनुवारले संस्थाको परिचय गराउँदै पछिल्लो समय विभिन्न किसिमका दलालहरु सक्रिय रहेको बताउँदै फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालबाट समाजमा दिनानुदिन घट्नाहरु बढ्दै गैरहेको बताइन् ।

शक्ति समूहले रोकथाम, संरक्षण र क्षमता विकास गरी तीनवटा क्षेत्रमा देशका विभिन्न १७ ओटा जिल्लाहरुमा कार्यक्रम सञ्चालन आइरहेको जनाएको छ । कार्यक्रममाथि शक्ति समूहका कार्यकारी निर्देशक दनुवार र कार्यक्रम संयोजक मिला श्रेष्ठले सहजीकरण गरेका थिए । शक्ति समूह खासगरी बेचिएका किशोरी तथा महिलाको उद्धार र पुनसर््थापना एवं मानव बेचबिखन विरुद्धको काममा सक्रिय रहेको छ ।