जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु


ठाकुरप्रसाद आचार्य
म्याग्दी,१२ गते ।

बेनीसँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता पर्वत बेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो ।


तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ १०२ स्वर्णमा खेल प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगितामा बिजेता विद्यालयलाई नगद ५० रुपियाँ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमश ः नगद ३० हजार र २० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।


प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु आचार्यले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुमा लगनशिलता, अनुसासन र प्रतिस्पर्धी बन्नका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।


उहाँले गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई हरेक बर्ष फरक फरक विद्यालयमा आयोजना गर्ने र त्यसले एक विद्यालयको शैक्षिक र भौतिक व्यवस्थापनको अर्को विद्यालयहरुले सिकाई गर्न सक्ने समेत बताउनुभयो । उद्घाटन अघि मार्च पास गरिएको थियो भने विद्यार्थी र कर्मचारीहरुको नृत्य समेत प्रस्तुत गरिएको थियो ।