ताजा समाचार:
Search

पूरा भयो सापकोटाको स्नातक तह पढ्ने चाहना

विकल्प न्यूज/बेनी
असोज १९ गते । 43127974_2150259471664944_190536710734479360_oचरम गरिबीका कारण उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाको स्नातक तह पढ्ने चाहना पुरा भएको छ । प्लस टू उत्र्तिणा गरेपनि आर्थिक अभावकै कारण स्नातक तहसम्मको शिक्षालाई अगाडी बढाउन नसकेका सापकोटालाई लायन्स क्लव अफ बेनी पिस सिटीले बिहिबार एक कार्यक्रमका बीच ६६ हजार सहयोग हस्तान्तरण गरेको छ ।

क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, लोकेश पुनमगर, एजुकेशन डाइरेक्टर दिपक श्रेष्ठले सोमप्रसाद र उनकी आमा लीलाई ‘पढाऔं अभियान’ अन्तरगत एकबर्षसम्म लाग्ने आवासीय, पुस्तक, पोशाक लगाएतका खर्च हस्तान्तरण गदैं थप तीनबर्षका लागि आवश्यक खर्च जुटाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।‘आर्थिक अभावले उच्च शिक्षा अध्ययन गर्ने ढोका बन्द हुने खवरले दुखी भएका थियौं,‘स्नातक तहसम्म आवश्यक पर्ने स थप सहयोगका लागी अपिल गर्दछौं’ अध्यक्ष पुन मगरले भने । उनले परोपकारी कार्यमा सञ्चारमाध्यमले खेलेको भूमिकाले समेत सहज भएको बताए ।
काठमाण्डौबाट माध्यामिक तहको पढाई पुरा गरेपछि आर्थिक अभावले घर फर्किएका सापकोटाका बारेमा गत असोज १४ गते नागरिक दैनिकमा समाचार प्रकाशित भएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा सापकोटाले उत्साहित भएको बताए। ब्यवस्थापन तहमा स्नातक तहसम्मको शिक्षा पुरा गरेपछि वित्तिय संस्थामा काम गर्ने चाहना रहेको बताए ।

‘मैले बुबा गुमाएपनि धेरै अभिभावक पाएको छु,‘सहयोगको एक रुपैयाँ पनि दुरुपयोग गर्ने छैन’ सापकोटाले भने । गत बैशाखमा घरमा फर्किएका सापकोटाको दुवै हात–खुट्टा कमजोर छ । सापकोटाकी आमा लीलाले छोरा गर्भमै रहेको बेलामा रोजगारीको सिलसिलामा भारतमा श्रीमानको मृत्यु भएपछि दुखका दिन सुरू भएको बताईन् ।

छोराको क्याम्पसमा पढ्ने चाहना पुरा गरिएकोमा धन्यवाद दिदैं ठुलो समस्या समाधान भएको बताईन् । ‘गरिबीले छोराको चाहना समेत पुरा गर्न सकेको थिईन्,पेटभरी खान समेत मुस्किल छ’ लीलाले भनिन् ।

लायन्स क्लव बेनी पिस सिटीले यसअगाडी मालिका गाउँपालिका ५ देविस्थानमा मनोज विकलाई समेत सहयोग गरेको थियो । विभिन्न सामाजिक संस्थामा आवद्ध रहेका यूवाहरुको सहभागिता रहेको क्लवले आर्थिक अभावले उपचारबाट बन्चित भएकालाई समेत सहयोग गर्ने गरेको छ ।