निभ्यो गाउँको दियो

अगन्धर तिवारी/पर्वत
असोज १८ गते ।  1-03101-1-1-nibhyo-gaauko-diyo-pic-04102018061742-1000x0दुबईमा मृत्यु भएका पर्वतको कुश्मा–७ का प्रेमबहादुर बस्यालको शव कफिनमा घरतर्फ लैजाँदै । तस्बिर : अगन्धर

गाउँमा कोही बिरामी पर्‍यो कि बोकेर अस्पताल कुदाइहाल्थे । गाईभैंसी बिरामी पर्दा र कुनै समस्या पर्दा प्रेमको ठूलो भर थियो । कुश्मा–७ गोदामका यस्ता २८ वर्षीय प्रेमबहादुर बस्याल वैदेशिक रोजगारीबाट राम्रो कमाइको चाहना राखेर अघिल्लो साउनमा दुबई गएका थिए ।

होटल व्यवस्थापनको तालिम गरेको भए पनि त्यहाँ पुगेपछि दलालले उनलाई भवन बनाउने मजदुरको काम लगाइदिए । एक वर्षसम्म त्यही काम गरे । गत भदौमा मात्रै उनले आफ्नो सीप अनुसारको काम पाएका थिए । पारिश्रमिक पनि राम्रै थियो । साताअघि मात्रै श्रीमती रोशनीलाई यसपालिको दसैंमा आउन नपाउने कुरा फोनमा भनेका थिए । आफू आउन नपाए पनि दसैं खर्च पठाउने बताएका थिए ।
‘दसैंमा ५० हजार जति पैसा पठाउँछु छोरा, आमा र बुवालाई एक–एक जोर लुगा किन्दिनु, आफूले मन लागेको गहना लगाउनु भनेको रैछ,’ दाजु चन्द्रबहादुुरले भने, ‘बुहारीले मसँग गहना किन्ने सल्लाह माग्दै थिइन् । त्यसको भोलिपल्ट उनी माइत गइन् । अहिले यस्तो विपत्ति आइलाग्यो ।’ कान्तिपुरमा समाचार छ