ताजा समाचार:
Search

रुप्सेको मोबाइल एप्स

विकल्प न्यूज/बेनी
असोज १९ गते । mobile-1280x640म्याग्दीबाट प्रकाशन हुँदै आएको रुप्से दैनिक पत्रिका अब मोबाइल एप्समा पनि हेर्न पाइने भएको छ । शुक्रबार रुप्सेको १५ वार्षिकोत्सवको अवसरमा ग्राफिक्स कम्प्युटर सेन्टरले डेभलप गरेको रुप्से एप्स प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले लन्च गरेका थिए ।
ग्राफिक्स कम्प्युटर सेन्टरका म्यानेजर महेन्द्र रेग्मीले मोबाइल एप्स र ग्राफिक्स कम्प्युटरमा सञ्चालित जेसिटी कक्षाका साथै ग्राफिक्सले मोबाइल एप्स, एकाउण्टीङ सफ्टवेयर तथा सम्पूर्ण आवश्यकता अनुसारको सफ्टवेयरहरु उत्पादन गर्दै आएको बताएका थिए ।
रुप्से दैनिकको भातृ संस्था इरुप्से डटकममा रुप्से दैनिकमा प्रकाशित सम्पूर्ण समाचार तथा विचारका साथै पत्रिकाको इ–पेपर समेत जनताले हेर्न पाउने व्यवस्था गर्दै आएको छ । प्रमुख अतिथि थापाले एप्स निर्माणपछि रुप्से दैनिक अब बेनीमा मात्र नभई विश्वस्तरीय भएको बताए । विश्वको जुनसुकै कुनामा पनि अब रुप्से एप्समार्फत पत्रिका जस्ताको त्यस्तै हेर्न पाउनुका साथै सम्पूर्ण सामग्रीहरु पढ्न सकिने रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरत केसीले बताए ।