ताजा समाचार:
Search

‘चन्द्रका भजनहरु’ भजन सङ्ग्रहको बिमोचन तथा रचनावाचन

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २० गते ।             DSC_0338 साहित्यकार चन्द्रबहादुर लामिछाने ‘प्रभात’ले लेखेको भजन सङ्ग्रह चन्द्रका भजनहरुको शनिबार बिमोचन भएको छ । म्याग्दी साहित्य सञ्चारको आयोजना, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज धौलागिरी कार्यसमितिको सहआयोजना र लायन्स क्लब अफ बेनी महारानीको सहयोगमा म्याग्दी सदरमुकाम बेनीमा भजन सङ्ग्रह बिमोचन तथा रचनावाचन कार्यक्रम गरिएको हो ।

भजन सङ्ग्रहको बिमोचन गर्दै गण्डकी प्रदेशका सदस्य विनोद केसीले कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, धौलागिरी माध्यमिक विद्यालय सिङ्गाका प्रधानाध्यापक दण्डपाणि सापकोटा, गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डित भीमनाथ पराजुली, माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल डाक्टर त्रिदिभ उपाध्याय र पौलस्त्य साहित्य समाजका संरक्षक भक्त कार्कीले भजन सङ्ग्रहको चर्चा गर्दै साहित्यक भनाइ राखेका थिए । DSC_0339कार्यक्रममा भजन सङ्ग्रहका लेखक चन्द्रबहादुर लामिछानेले भजन सङ्ग्रको बारेमा जानकारी गराउँदै रचनावाचन गरेका थिएभने भजन सङ्ग्रहको साहित्यकार गणनाथ पौडेलले समीक्षा गरेका थिए । उक्त कार्यक्रममा सहभागी दिपक शर्मा ‘दिपु’, भीम श्रीपाली र शंकर चोखालले मन्तव्य राखेका थिए । कार्यक्रम म्याग्दी साहित्य सञ्चारका कोषाध्यक्ष हिरा शर्मा ‘संघर्ष’को अध्यक्षता, अध्यक्ष लोकनाथ भूषाल ‘घायश्री’को स्वागत र उपाध्यक्ष सन्दीप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०२५ सालमा पर्वतको मल्लाजमा जन्मिएका साहित्यकार लामिछानेले पहिलोपटक आफ्नो कृति ‘चन्द्रका भजनहरु’ नामक भजन सङ्ग्रह प्रकाशित गरेका हुन् । म्याग्दीको बेनी नगरपालिका–१०, तोरीपानीमा रहेको गलेश्वर माविमा शिक्षण पेशा गर्दै आइरहेका उनी सामाजिक संघसंस्थालगायत विभिन्न क्षेत्रमा आबद्ध छन् ।