आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनोट सुरु

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, असोज २० । DSC_0289‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शनिबार बेनीमा खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट अन्तर्गत २०७५ को बास्केटबलतर्फका खेलाडी छनोट गरिएको हो । DSC_0292म्याग्दी जिल्लाबाट बास्केटलबल प्रतियोगितामा सहभागिता जनाउन वैकल्पिकसहित १२ जना खेलाडीहरु छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए । खेलाडी छनोट कार्यक्रमको बास्केटबल र सिठ्ठी हस्तान्तरण गर्दै बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले प्रतियोगिताका क्रममा अनुशासन र खेलप्रतिको लगाव देखाएर प्रतियोगितामा सहभागी हुन खेलाडीहरुलाई आग्रह गरेका छन् । DSC_0290गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुमा हुने प्रतियोगिताका लागि अहिले जिल्ला जिल्लामा खेलाडीहरु छनोट भैरहेको जनाइएको छ । प्रतियोगिता नेपालीहरुको महान् पर्व दशैंतिहार पछाडि हुनेछ ।

कार्यक्रम अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत र खेलकुद विकास समितिका सचिव दानबहादुर राईको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, कबड्डी, कराँते, एथ्लेटिक्स, व्याटमिन्टन, टाइगन्टु र उसतर्फको खेलमा महिला÷पुरुष तथा टेबुलटनिस र बास्केटबल प्रतियोगितामा पुरुषको मात्रै हुने बताइएको छ ।