ताजा समाचार:
Search

मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा

विकल्प न्यूज/जलजला
म्याग्दी, असोज २० ।DSC_0309उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको सहकारीले गत आर्थिक वर्ष २०७४÷७५ मा ७० हजार थान इट्टा उत्पादन गरेको जनाएको छ । DSC_0306साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सहकारी संघसंस्थाले व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले पछिल्लो समय सहकारी समाज परिवर्तनको अभिन्न अङ्गका रुपमा स्थापित हुँदै गैरहेको बताउँदै आर्थिक उपार्जनका क्षेत्रमा लगानी गरेर सर्वसाधारणको जीवनस्तर उकास्नुपर्ने बताएका छन् । कार्यक्रममा जलजला–१ का वडा अध्यक्ष तुलसीराम रेग्मी, ३ नम्बर वडा अध्यक्ष देवेन्द्र भण्डारी, ४ का भीष्म मल्ल र ५ का तिलकबहादुर जिसीले सहकारीले आर्थिक विकासमा सहयोगी भूमिका खेलेको बताएका थिए । DSC_0300कार्यक्रमको अवसरमा स्नातकोत्तर तह उत्तीर्ण शेयर सदस्य र तिनका सन्ततिहरु २४ जनालाई सम्मान गरिएको थियो । यसैगरी युवा स्वरोजगारतर्फ उत्कृष्ट व्यवसायी बिमला मल्ल र चन्द्रबहादुर अधिकारी, बचतकर्ता कृष्णबहादुर खत्री, नानु जिसी, असल ऋणी सुर्यबहादुर जिसी, तुलसी दमाई, लेखा समिति संयोजक धनपति सुवेदी, कार्यसमिति सदस्य गणेश कार्की, निर्वाचित जनप्रतिनिधि तिलकबहादुर जिसी र भगवती जिसीलाई सम्मान गरिएको सहकारीले जनाएको छ । त्यस्तै शेयर सदस्यका सन्तततिर्फ गतवर्ष २०७४ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने चाँदनी पौडेल र सुजाता पौडेललाई सम्मान गरिएको थियो । DSC_0319साधारणसभामा सहकारीका अध्यक्ष लालबहादुर अधिकारीले संस्थागत, सचिव रघुनाथ आचार्यले प्रगति, कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक, लेखा संयोजक धनपति सुवेदीले लेखा प्रतिवेदन तथा अन्य उपसमितिका संयोजकहरुले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष अधिकारीको अध्यक्षता, उपाध्यक्ष हिराबहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा शेयर सदस्य गोकर्ण कार्कीले मन्तव्य राखेका थिए ।  DSC_0321DSC_0324 DSC_0325DSC_0325DSC_0328DSC_0330DSC_0334