ताजा समाचार:
Search

रुप्से दैनिकले मनायो १५औं वार्षिकोत्सव

विकल्प न्यूज/बेनी
असोज १९ गते । IMG_2358म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष पारित भई हालै लागू भएको मुलुकी संहितालाई वर्तमान सरकारले ल्याएको भनेर गलत प्रचार गरेको आरोप लगाए । उनले वर्तमान सरकारले नीतिनियम अनुसार जनताको पक्षमा काम गर्दै अगाडि बढेको बताउँदै सञ्चारमाध्यमलाई रचनात्मक तरिकाले खबरदारी गर्न आग्रह गरेका छन् । रुप्से स्थापनाकालमा राजाले सत्ताको बागडोर सम्हालेर जनताको आवाजलाई कुण्ठित गरेको समयमा पत्रिकाले आवाज उठाएको बताउँदै आगामी दिनमा पनि निरन्तर नागरिकको पक्षमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ । IMG_2361प्रदेश सांसद विनोद केसीले सञ्चारमाध्यमले खोजमूलक समाचारहरु प्रसारण तथा प्रकाशित गर्नुपर्ने भन्दै सत्यतथ्य र सन्तुलित समाचार सामग्री पस्कनुपर्ने बताए । पूर्वसभासद गोविन्द पौडेलले तत्कालीन निरङ्कुश सरकारका विरुद्धमा रुप्से पत्रिकाले खबरदारी गरेको भन्दै आउँदा दिनमा समेत जनताको आवाजलाई बाहिर ल्याउनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सञ्चारमाध्यमहरु समाज परिवर्तनका संवाहक भएको बताउँदै मिडियाले सत्यतथ्य र सन्तुलित रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने बताएका थिए ।

वार्षिकोत्सवको अवसरमा रुप्से पत्रिका सञ्चालनमा स्थापनाकालदेखि हालसम्म उल्लेख्य योगदान पु¥याएको भन्दै तत्कालीन प्रधानसम्पादक तारानाथ शर्मा, सम्पादक गोरखनाथ सुवेदी र व्यवस्थापक देवीप्रसाद शर्मालाई दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको छ । IMG_2436यसैगरी रुप्से दैनिक ग्राहक योजनामा सहयोग गर्ने एनएमबि बैंक, ढकाल सोलार हाउस, मालिका मोबाइल सेन्टर, मिलन साउण्ड एण्ड भिजन र हिरा साउण्ड एण्ड भिजनलाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । त्यस्तै रुप्से दैनिक ग्राहक अभियान अन्तर्गत पहिलो ग्राहक बेलबहादुर कटुवाल, विज्ञापनदाताहरु जिसी क्रसर उद्योग, पि.एल. स्टोर्स र सगुन स्टेशनरी स्टोर्सलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

यसैबीच रुप्से ग्राहक अभियान अन्तर्गत सञ्चालित बम्पर उपहार योजनाबाट प्रथम पुरस्कार १९ इन्चको कलर टिभी डल्फिन होटल, दोस्रो पुरस्कार सिजी स्मार्ट मोबाइल नरबहादुर थापा पर्वत बेनी, तेस्रो पुरस्कार डिसहोम यति धौलागिरी टे«डर्स पर्वत बेनी र चौैंथो पुरस्कार राइसकुकर युनिक बचत तथा ऋण सहकारी संस्था बेनीले प्राप्त गरेका छन् । IMG_2538त्यसैगरी चौंथो पुरस्कार भित्ते घडीतर्फ लामा रेष्टुरेन्ट एण्ड भान्सा घर, न्यु धौलागिरी कृषि भण्डार, रोयल व्युटी पार्लर, जीवन सापकोटा बेनी र शिवकृष्ण प्लाई एण्ड ग्लास हाउस बेनी रहेका छन् । सान्त्वना पुरस्कारतर्फ रुप्से वार्षिक ग्राहक लुक्स व्युटी पार्लर, नरेश मोबाइल र अक्सफोर्ड विद्यार्थी पुस्तक पसल रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, जिल्ला सहकारी संघका अध्यक्ष दिपक बिखर्ची, एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख ओमकारमणि आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तारानाथ शर्मा र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य राखेका थिए । कार्यक्रम रुप्से सञ्चार सहकारी संस्थाका अध्यक्ष सुरत केसीको अध्यक्षता, उपाध्यक्ष गोरखबहादुर जिसीको स्वागत र सचिव लेखबहादुर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।