ताजा समाचार:
Search

सुरेशको उपचारका लागि आईतबार ६ लाख सहयोग प्राप्त

विकल्प न्यूज/बेनी
असोज २१ गते । sayog (1) म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि आईतबार ६ लाख ४ हजार सातसय ६० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ। मोना कुवेतबाट ५ लाख ५ हजार २१०, जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको सक्रियताबाट संकलित ८९ हजार ५५० र हङकङमा रहेकी सुरक्षा मल्लबाट १० हजार रुपैयाँ सहयोगबाट सो रकम प्राप्त भएको हो । sayog (2)मोना कुवेतबाट संकलित रकम कुवेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष कृष्णकुमार खड्काद्वारा र जापानबाट संकलित रकम चिना बानियाँद्धारा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य, आर्थिक संकलन समितिका संयोजक डकबहादुर रोका र सुरेशकी आमा सिता पाईजालाई हस्तान्तरण गरिएको थियो ।

दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौको टिचीङ अस्पतालमा उपचार गराइरहेका १९ वर्षिय छन्त्यालका परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको थियो । परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अभियान मार्फत सहयोग जुटिरहेको छ । उनको उपचारमा २५ लाख भन्दा माथि खर्च लाग्ने भएपछि सो रकम अभियान सुरु गरिएको थियो । हालसम्म २१ लाख रकम संकलन भईसकेको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोषका अध्यक्ष शाक्यको अध्यक्षता, सचिव लोकेश पुनमगरको संचालनमा सम्पन्न कार्यक्रममा मोना कुवेतका अध्यक्ष विश्वकर्माले दुःख र पीडामा रहेका म्याग्देलीहरुलाई सहयोग जुटाउन अभियान चलाएको बताउनुभयो ।