ताजा समाचार:
Search

रुप्से सञ्चार सहकारीमा केसीको नेतृत्व

विकल्प न्यूज/बेनी
असोज १९ गते । IMG_2538रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिकाको मातृ संस्थाको रुपमा रहेको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा ठाकुरप्रसाद शर्मा र सहसचिवमा राजकुमार थापा निर्वाचित भएका छन् । सञ्चालक समितिको सदस्यहरुमा प्रकाश पौडेल, घनश्याम खड्का, नकुल ढकाल, रमेश गिरी, नारायणकुमार बराल, सन्तोष रावल, देवीप्रसाद शर्मा र रश्मी रोकामगर निर्वाचित भएका छन् । यसैगरी लेखा समिति संयोजकमा दिपक पौडेल, सदस्यमा रामप्रसाद सुवेदी र पुस्कल ढुङ्गाना रहेका छन् ।