ताजा समाचार:
Search

लभ्लीहिलमा चङ्गा उडाउने प्रतिस्पर्धा

प्रताप बानियाँ /विकल्प न्यूज
म्याग्दी, असोज २३ । IMG_2856 पछिल्लो समय पर्यटकीयस्थलको चर्चा बटुलेको लभ्लीहिल (प्रणय शिखर)बाट चङ्गा उडाउने प्रतिस्पर्धा हुने भएको छ । म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा नजिकै रहेको लभ्लीहिलको डाँडोबाट आउँदो २७ असोजमा चङ्गा उडाउने प्रतियोगिता आयोजना गरिएको हो ।

सोमबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर लभ्लीहिलमा चङ्गा उडाउने प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी गराइएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल गङ्गटा युवा क्लब, एभरग्रीन युवा क्लब, उत्साही समूह, बौद्ध युवा क्लब, जनजागृति युथ क्लब, कालीपुल युनाइटेड क्लब, स्मृति युथ क्लब, न्यु दोभान युवा क्लब र म्याग्दी लभर्स ग्रुपको संयुक्त आयोजनामा चङ्गा च्एट कार्यक्रम गर्न लागिएको बताइएको छ । IMG_2863प्रतियोगिताको बारेमा जानकारी दिँदै गङ्गटा युवा क्लबका अध्यक्ष रेशम पुनले परम्परागत रुपमा चङ्गा उडाउने कार्यलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले म्याग्दी भ्रमण वर्ष–२०७५ लाई समेत सफल बनाउन चङ्गा उडाउने प्रतियोगिता सञ्चालन गरिने भएको हुँदा त्यसबाट बच्ने रकमले विद्युतको करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यलाई निरत्साहित गर्न अभियान चलाइने जानकारी दिए । नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व विजयादशमीलाई स्वागत गर्नका लागि चङ्गा उडाउने कार्यक्रम तय गरिएको अध्यक्ष पुनको भनाइ छ ।

अरिङ्गाल पोल्ने र मार्ने कार्यलाई पनि रोक्नका लागि आगामी दिनमा क्लबहरुमार्फत आवश्यक कदम चालिने बौद्ध युवा क्लबका पूर्व अध्यक्ष प्रकाश पौडेलले बताए । वनजङ्गल र भीर पहरामा पाइने अरिङ्गालको विगत केही समययता सखाप पार्ने काम भैरहेको हुँदा वन्यजन्तु जीवजन्तुको संरक्षणसम्बन्धी ऐन नियमावली हेरेर अरिङ्गाल शिकारको कार्यलाई रोकिने उनले बताएका छन् । प्रतियोगितामा कुल १६ जनाको सहभागिता रहने आयोजकले जनाएका छन् ।

लोप हुने अवस्थामा पुगेको चङ्गा उडाउने कार्यलाई व्युताउँन कार्यक्रम गर्न लागिएको जनाइएको छ । पहिले–पहिले दशैंतिहार लगायतका नेपालीहरुको मुख्य चाडपर्व र नयाँ वर्ष तथा अन्य मेला महोत्सवमा चङ्गा उडाएर प्रतिस्पर्धा गर्ने गरिन्थ्यो । तर, अहिले विस्तारै चङ्गा उडाउने कार्य हराउँदै जान थालको छ ।