समाचार

आर्थिक वर्षको अन्त्यमा मालढुङ्गा बेनी सडक मर्मतको काम सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ असार । म्याग्दी, मुस्ताङ जिल्ला र उत्तरी पर्वतलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुंगा–बेनी सडक मर्मतको काम आर्थिक वर्षको अन्तमा आएर सुरु भएको छ । पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक मर्मत गर्ने काम आर्थिक वर्ष सकिनै लाग्दा धमाधम भैरहेको छ । सडक मर्मतका कारण सवारी आवागमनमा समस्या […]

शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । बेनीमा बिहीबार स्थानीय शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति समितिलाई सक्रिय र प्रभावकारी बनाएर समाजमा द्धन्द्ध न्युनीकरण गरि शान्ति कायम गर्न पहल गर्ने उद्देश्यले बेनी नगरपालिका कार्यालय र नगर स्तरीय शान्ति समितीको आयोजनामा अन्तरक्रिया गरिएको हो । कार्यक्रमको प्रमुख जिल्ला अधिकारी केशवराज […]

कोरला नाका सञ्चालनका लागि सरकारद्धारा भौतिक र सुरक्षा तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । उच्च स्तरीय सरकारी टोलीले बिहीबार चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको बस्तु अवस्था अध्ययन गरेको छ । उपप्रधान तथा रक्षामन्त्री भिम रावल, उर्जामन्त्री टोपबहादुर रायमाझी, भौतीक योजना तथा निर्माणमन्त्री बिजयकुमार गच्छदार, पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको टोलीले सिमा क्षेत्रमा पुगेर त्यहाँको […]

कोरला नाकाको सुरक्षा र पूर्वाधार अवस्था बुझ्न सरकारी टोली लोमान्थाङमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ असार । चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको सुरक्षा र पुर्वाधार अवस्थाको बारेमा जानकारी लिन सरकारी टोली बिहीबार उपल्लो मुस्ताङ गएको छ । पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहित चार जना विभागीय मन्त्री, मन्त्रालयका सचिव, सांसद लगायत सहभागी १५ जनाको टोली नेपाली सेनाको हेलीकप्टर […]

बैसरीमा झोलुङ्गे पुल बन्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । म्याग्दीको राम्चे ९ र भगवती २ को सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण भएको छ । २०७२ जेठ १० गते राती राम्चे ९ काफलडाँडाको पहिरोले बैसरीमा रहेका दुई वटा झोलुङ्गे पुल पुरेको थियो । पुल पुरीएपछि काठको अस्थाई साँघु बनाएर कालीगण्डकी नदी तर्दै आएका सर्वसाधारणलाई […]

बेनी नगरपालिकाको पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ असार । बेनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ मा सञ्चालन गरेका पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना निर्धारीत समय अगावै सम्पन्न भएका छन् । सरकारी निकायद्धारा सञ्चालित धेरैजसो विकास योजना तथा कार्यक्रमहरु निर्धारीत समयमा कार्यान्वयन हुन नसकेर फ्रिज हुने समस्या रहेको छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न गुणस्तरहिन काम […]

दुई भिन्न समुदायबीच सामाजिक सम्बन्धको बलियो कडी “भाषा”

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असार २० गते । पं. प्रेमप्रकाश पौडेलको पछिल्लो कृति “मातृभूमि” को भाषा संस्कृति खण्डमा आर्यहरुले खसहरुको संगतमा परेर आफ्नो मातृभाषा संस्कृत बिर्सेकोमा दुःख मनाउ गरिएको छ । अंसतः त्यो भनाईमा सत्यता छ तर लेखकले दावी गरेजस्तो भने होइन । गङ्गाको मैदानतिरबाट उक्लने वैदिक ब्राह्मणहरुले आफ्नो मौलिक भाषा बिर्सेको र खसभाषा अङ्गिकार गरेको […]

किन हुँदैन बजेट समयमै खर्च ?

रुद्रप्रसाद अधिकारी/विकल्प न्यूज म्याग्दी,असार २० गते । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पुँजीगत बजेट चालिस प्रतिशतको हाराहारीमा मात्र खर्च हुने अवस्था देखिएको छ । यसले विनियोजित बजेट खर्च गर्न नसक्ने हाम्रो खुबीलाई उजागर गरेको मात्र छैन देशको विकासको गति निकै सुस्त छ भन्ने प्रस्ट पारिदिएको छ । बजेट विनियोजनमा रस्साकसी गर्ने हामीले बजेट किन समयमै खर्च […]

नवविकल्प वर्ष ८ अंक ४१

नवविकल्प वर्ष ८ अंक ४१ Nawa Bikalpa 8-41

राम्चेका महिलाहरुको सक्रियतामा पाहुना घर

विकल्प न्यूज/बेनी राम्चे,म्याग्दी असार २० गते । म्याग्दीको राम्चेमा महिलाहरुको सक्रियता र नेतृत्वमा सामुदायिक भवन तथा पाहुना घर निर्माण भएको छ । गाउँमा भित्र्ने पाहुनाहरुको आवास सुबिधाका लागि देउराली आमा समूहले राम्चे ४ मा सामुदायिक भवन निर्माण गरेका हुन् । नौ लाख रुपैयाँ भन्दा बढी लगानी भएको भवनमा सामुदायिक लज सञ्चालन गर्ने तयारी गरेको भवन […]

बेनी–जोमसोम सडक तिन दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । म्याग्दी हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि खुलेको छ । म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अबरुद्ध सडक तिनदिनपछि सोमबार बिहानदेखि सञ्चालन भएको हो । सडक डिभिजन कार्यालय, प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको पहलमा पहिरो हटाउने तथा […]

राम्चेका कृषकको रोजाइमा किबी खेती

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,असार १९ गते । म्याग्दीका ग्रामिण भेगका किसानहरु किबी खेती तर्फ आकर्षीत हुन थालेका छन् । राम्चे, हस्तान र भकिम्ली गाविसका कृषकहरुले पाखोवारीमा किबीको व्यवसायिक खेती गर्न थालेका छन् । एकपटक विरुवा रोपेपछि चालिस वर्ष सम्म फल दिन सक्ने भएकाले किसानहरुको रोजाइमा किबी खेती पर्न थालेको हो ।  समुन्द्री सतहको एकहजार दुइसय […]

बेनी–देउराली सडक आयोजना अन्तिम चरणमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । म्याग्दीको बहुप्रतिक्षीत बेनी–पाखापानी सडक आयोजना अन्तरगत बेनी–देउराली खण्डको स्तरवृद्धी गर्ने काम अन्तिम चरणमा पुगेको छ । जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) परियोजनाले ३.१८० मिटर सडक स्तरवृद्धीको काम अन्तिम चरणमा पुगेको जनाएको छ । वि.स २०७१ असार १ गते सोही वर्षको फागुन […]

पहिराले नहर भत्काएपछि मल्लाजमा रोपाई प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । पर्वतको मल्लाज सिचाई आयोजनाको नहर पहिरोले भत्काएपछि बाँसखर्क र माझफाँट गाविसमा धान रोपाई प्रभावित भएको छ । मुख्य खाद्यबाली धान लगाउने समयमा नहर भत्कीएपछि पानीको अभावमा करिब एक हजार घरधुरी कृषकहरु समस्यामा परेका छन् । आयोजनाको पुम्दीखोला स्थित मुहानदेखि एक हजार दुई सय मिटरको दुरीमा रहेको करिब दश […]

वास परियोजनाका ६ वटा खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ असार । जिविस म्याग्दी अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत चालु आर्थिक वर्षमा ६ वटा खानेपानी आयोजना निर्माण भएको छ । परियोजनाले आईतबार बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा निर्माण सम्पन्न भएका आयोजनाबाट तिन हजार ४५ जनसंख्या लाभान्वित भएको जानकारी गराइएको हो । परियोजनाका जिल्ला […]