कोरला नाकाको सुरक्षा र पूर्वाधार अवस्था बुझ्न सरकारी टोली लोमान्थाङमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ असार ।
चीनको स्वशासीत क्षेत्र तिब्बतसंग सिमा जोडीएको कोरला नाकाको सुरक्षा र पुर्वाधार अवस्थाको बारेमा जानकारी लिन सरकारी टोली बिहीबार उपल्लो मुस्ताङ गएको छ ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल सहित चार जना विभागीय मन्त्री, मन्त्रालयका सचिव, सांसद लगायत सहभागी १५ जनाको टोली नेपाली सेनाको हेलीकप्टर मार्फत लोमान्थाङ पुगेको हो ।

टोलीमा उपप्रधान तथा रक्षामन्त्री भिम रावल, उर्जा मन्त्री टोपबहादुर रायमाझी, भौतीक योजना तथा निर्माण मन्त्री बिजयकुमार गच्छादार, अर्थराज्यमन्त्री दामोदर भण्डारी, सांसद रोमी गौचन थकाली, श्रीमाया थकाली र महेन्द्र शेरचन सहभागि हुनुहुन्छ ।05122015100748Korala_Naka-1000x0टोलीले कोरला नाका क्षेत्रको सुरक्षा र भौतिक अवस्थाको बारेमा जानकारी लिने सांसद श्रीमाया थकालीले बताउनुभयो । सिमा क्षेत्रमा सुरक्षाका लागि नेपाली सेनाको क्याम्प राख्नका लागि भएको तयारी र नाका सम्म पुग्ने पहुँचमार्गको अवस्थाका विषयमा जानकारी लिइने थकालीको भनाई छ ।

टोलीले स्थानीय सरोकारवालासंग अन्तरक्रिया तथा छलफल पनि गर्ने जनाइएको छ । सरकारले कोरला नाका सञ्चालनका लागि पहुँचमार्ग निर्माण, सुरक्षा व्यवस्था सुदृढ बनाउनुका साथै चिनसंग कुटनितीक पहल गरिरहेको छ ।

चिनीया पक्षले कोरला नाका सञ्चालनका लागि सुरक्षाको विषयमा महत्वका साथ चासो दिएको छ । सरकारी टोली सिमा नाकामा पुगेर बिहीबारनै राजधानी फर्कने कार्यतालीका रहेको छ ।