बेनी नगरपालिकाको पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ असार ।
बेनी नगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ मा सञ्चालन गरेका पूर्वाधार सम्बन्धी नब्बे प्रतिशत योजना निर्धारीत समय अगावै सम्पन्न भएका छन् ।
सरकारी निकायद्धारा सञ्चालित धेरैजसो विकास योजना तथा कार्यक्रमहरु निर्धारीत समयमा कार्यान्वयन हुन नसकेर फ्रिज हुने समस्या रहेको छ । आर्थिक वर्षको अन्त्यमा बजेट सक्न गुणस्तरहिन काम गर्ने विकृती बढीरहेको समयमा बेनी नगरपालीकाका पुर्वाधार योजना भने निर्धारीत समय अगावै सम्पन्न भएको अनुगमन टोलीले जनाएको छ ।DSC01488

राजनीतिक दल, नगरपालीकाका प्राबिधिक, कर्मचारी, पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरुले मंगलबार गरेको अनुगमनका क्रममा निर्माण भएका योजनाहरुको अवस्था सन्तोषजनक रेको पाइएको छ ।

नगरपालिका कार्यालयले यस वर्ष सडक स्तरवृद्धी, सुधार, मर्मत, पदमार्ग निर्माण, खेलमैदान, तटबन्ध निर्माण, सामुदायीक भवन, विद्युतीकरण लगायतका पुर्वाधार योजनाका लागि करिब पाँच करोड रुपैया अनुदान वितरण गरेको छ ।

११२ वटा पुर्वाधार योजना मध्य ९० प्रतिशत सम्पन्न भएर फरफारक भैसकेको र बाँकी पनि प्राबिधिक जाँचपास गर्ने क्रममा रहेको नगरपालीका कार्यालयका असिस्टेन्ट सब ईञ्जिनियर बिष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समयमै योजना सम्झौता हुनु र प्राबिधिकले लगत ईस्टिमेट तयार गर्नु, उपभोक्ताको सक्रियताका कारण लक्ष्य अघिनै योजनाहरु सम्पन्न भएको पाइएको अनुगमनमा सहभागित नेपाली काँग्रेसका प्रतिनिधि अनोद श्रेष्ठले बताउनुभयो ।

अनुगमन टोलीले साना साना योजनामा बजेट वितरण गर्दा उपलब्धि नदेखिने भएकाले प्राथमिकताप्राप्त योजनालाई एकै वर्षमा काम सम्पन्न हुनेगरी बजेट वितरण गर्न सुझाव दिएको छ । नगरपालीकाले मंगलबार दुई वटा टोली परिचालन गरेर नगर क्षेत्रका पुर्वाधार योजनाहरुको अनुगमन गरेको थियो ।