शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ असार ।
बेनीमा बिहीबार स्थानीय शान्ति समितिको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय शान्ति समितिलाई सक्रिय र प्रभावकारी बनाएर समाजमा द्धन्द्ध न्युनीकरण गरि शान्ति कायम गर्न पहल गर्ने उद्देश्यले बेनी नगरपालिका कार्यालय र नगर स्तरीय शान्ति समितीको आयोजनामा अन्तरक्रिया गरिएको हो ।IMG_4187

कार्यक्रमको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र बेनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत छबीलाल सुवेदीले सहजिकरण गर्नुभएको थियो । उहाँहरुले समाजमा शान्ति कायम राख्न द्धन्द्ध र विभेद न्युनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नगर स्तरीय शान्ति समितिका संयोजक यामबहादुर खड्काको अध्यक्षता र नगरपालीका कार्यालयकी सोबिता शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय शान्ति समिति म्याग्दीका संयोजक सुर्दशन श्रेष्ठ, बालअधिकार अधिकृत मिठू आचार्यको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालीका संयन्त्रमा प्रतिनिधित्व गर्ने राजनितिक दलका प्रतिनिधि, शान्ति समितिका पदाधीकारी र नगरपालिका कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।