बेनी–जोमसोम सडक तिन दिनपछि खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २० असार ।
म्याग्दी हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि खुलेको छ ।

म्याग्दीको तितर, काभ्रेको घोप्टेभिरमा खसेको पहिरो र मुस्ताङ घाँसाको खोल्सामा आएको बाढीले असार १७ गतेदेखि अबरुद्ध सडक तिनदिनपछि सोमबार बिहानदेखि सञ्चालन भएको हो ।
सडक डिभिजन कार्यालय, प्रहरी, यातायात ब्यवसायी र स्थानीयबासीको पहलमा पहिरो हटाउने तथा मर्मत गरेपछि ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको दाना प्रहरी चौकीले जनाएको छ ।beni muatang sadak

सडक मर्मतका लागि सडक डिभिजन कार्यालय बागलुङको एक वटा र निजी क्षेत्रको अर्को एक वटा डोजर परिचालन भएको थियो । सडक अवरुद्ध हुँदा रोकीएका सवारी साधन र यात्रुहरु गन्तब्यतर्फ लागेका दानाका होटल ब्यवसायी ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो ।
निरन्तरको झरीसंगै खसेको पहिरोका कारणमुस्ताङ भ्रमणमा आएका पर्यटक, मुक्तिनाथ जाने आउने तिर्थयात्री र स्थानीय बासिन्दा समस्यामा परेका थिए । सडक मर्मतपछि बेनी देखि जोमसोम सम्म सिधा यात्रा गर्न सकिने दाना प्रहरी चौकीले जनाएको छ ।