आर्थिक वर्षको अन्त्यमा मालढुङ्गा बेनी सडक मर्मतको काम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २२ असार ।
म्याग्दी, मुस्ताङ जिल्ला र उत्तरी पर्वतलाई राष्ट्रिय राजमार्गसंग जोड्ने मालढुंगा–बेनी सडक मर्मतको काम आर्थिक वर्षको अन्तमा आएर सुरु भएको छ ।

पर्वतको मालढुंगा देखि म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक मर्मत गर्ने काम आर्थिक वर्ष सकिनै लाग्दा धमाधम भैरहेको छ । सडक मर्मतका कारण सवारी आवागमनमा समस्या भएको छ ।maldhunga sadakबिच बाटोमा घण्टौ कुरेर गाडी पार गर्नुपर्ने ससमस्या रहेको छ । सडक डिभिजन कार्यालयको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने मर्मत कार्य वर्षान्तमा सुरु भएको हो ।

सडक डिभिजनले ठेक्का मार्फत फनफने, लस्ती, लामाखेत क्षेत्रमा नाली, पर्खाल निर्माण र फराकीलो बनाउने काम गरिरहेको छ । फनफनेको साँघुरो सडकलाई फराकीलो बनाउने काममा परिचालीत बराहथान निर्माण सेवा कुश्माका सञ्चालक गणेश श्रेष्ठले असार मसान्तभित्र सम्मन्न गर्ने गरी असार १९ गते ठेक्का सम्झौता गरेर सोही दिनदेखि काम सुरु गरेको बताउनुभयो ।

१६ लाख २५ हजार रुपैयामा सम्झौता भएको काम गर्न मौसम र सवारी आवत जावतले प्रभावित बनाएको छ । दैनिक जसो बर्षा हुने र सवारी साधन पास हुन बिच बिचमा काम रोकेर सडक सूचार गर्नुपर्ने भएकाले असजिलो भएको सञ्चालक श्रेष्ठको भनाई छ ।
फनफनेमा दुई हजार ६०० घनमिटर पहाड र माटो कटीङ गरेपछि बजेट बाँकी भएमा नाग्लीवाङ खण्डमा पनि काम गर्ने सम्झौता भएको छ । यसैगरी विभिन्न ठाउँमा ५५ लाख रुपैयामा उक्कीएको कालोपत्रे, पर्खाल, नाली निर्माणको काम भैरहेको छ ।