समाचार

सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट १३ लाखको बंगुर बिक्री

विकल्प न्यूज/बेनी साउन ३१ गते । पर्वतको माझफाँट २ मा सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट वार्षिक १३ लाख रुपैयाँ बराबरको बंगुर बिक्री भएको छ । धौलागिरी बंगुरपालन सहकारी संस्थाले सञ्चालन गरेको सामुहिक बंगुरपालन फार्मबाट गत आर्थिक वर्ष २०७२७३ मा तेह् लाख रुपैयाँ मूल्यको बंगुर बिक्री भएको हो । दुई सय वटा भन्दा बढी बंगुर बिक्री […]

मल्लाजका बासिन्दाद्धारा पदमार्ग विस्तार

विकल्प न्यूज/बेनी साउन ३१ गते । उत्तरी पर्वतको माझफाँटका बासिन्दाको सक्रियतामा डिलफाँट देखि कोतघर जोड्ने पदमार्ग विस्तार गरेका छन् । कालीपुल देखि डिलफाँटसम्म निर्माण भएको पदमार्ग विस्तार गरेर कोतघरसम्म पु¥याउने तयारी भएको हो । बेल्जीयमको विकास नेपाल संस्थाको सहयोगमा यसअघि बेनीदेखि डिलफाँटसम्मको भिरालो र उकालोमा एक हजार तिन सय १५ मिटर रेलीङ सहितको पक्की पदमार्ग […]

विकास निर्माणमा भएको लापरबाही र असावधानीले विपद्

विकल्प न्यूज/बेनी साउन ३१ गते । पहाडी जिल्ला म्याग्दीमा जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । सडक निर्माणका क्रममा भएको लापरबाही र असावधानीले बर्षेनी करोडौ बजेट बालुवामा पानी हाले सरह मात्र बनेको छैन, मानिसको ज्यानै जाने, खेतीयोग्य जमिन, बस्ती र अन्य विकासका पुर्वाधारहरुमा नोक्सानी भएको छ । सडक निर्माण गर्दा प्राबिधिक र वातावरण […]

म्याग्दीका विकास योजनामा किन हुन्छ ढिलासुस्ती ?

सन्तोष गौतम/विकल्प न्यूज साउन ३१ गते । १५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित आव २०६९/७० मा सुरु भएको शिख गाविस कार्यालयको भवन निर्माण योजना ठेकेदारले अधकल्चो बनाएर छोडेपछि तिन वर्षदेखि अलपत्र छ । २०७२ मा हिस्तान गाविसको भवन निर्माणका लागि सम्झौता गरेको एपी बिल्डर्सले सम्पन्न गर्नुपर्ने समय दुई महिना बाँकी रहँदासम्म काम सुरु गरेको छैन् […]

म्याग्दीमा हुने चौँरी गाईको रगत पिउने मेला रोक्न सर्वोच्चमा रिट

विकल्प न्यूज/बेनी साउन ३१ गते । सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ । अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो […]

साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको घुँइचो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ साउन । साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि म्याग्दीको गलेश्वर लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको छ । पुजाआजा र दर्शनका लागि गलेश्वरमा म्याग्दीका विभिन्न ठाउँका साथै छिमेकी पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायतका जिल्लाबाट आएका भक्तजनको घुँइचो लागेको हो । यसअघिका सोमबारको तुलनामा आज भक्तजनहरुको आगमन बढी भएको गलेश्वर शिवालय […]

किन यस्तो भयो म्याग्दीको तातोपानी साना जलविद्युत गृह ?

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,साउन ३० गते । म्याग्दीको नारच्याङको घरापमा रहेको जिल्लाकै पुरानो जलविद्युत आयोजना जिर्ण बनेको छ । सम्बन्धित निकायको वेवस्ता र मर्मत सम्भारको अभावमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना जिर्ण बनेको हो । पुराना मेशिनहरुको मर्मत गर्न नसक्दा आयोजना अहिले बन्द हुने अवस्थामा पुग्न थालेको छ । धबलागिरि अंचलकै पुरानो तातोपानी […]

सुरवी बनीन् मिस धौलागिरी

विकल्प न्यूज/बेनी साउन ३० गते । इभेन्टस फर यु पोखराको आयोजनामा शनिबार कुश्मामा मिस्टर एण्ड मिस धौलागिरीको फाईनल इभेन्टस सम्पन्न भएको छ । पर्वत, वागलुङ र म्याग्दीका विद्यालयका छात्राछात्रहरुले भाग लिएको  इभेन्टमा मिस धौलागिरीको उपाधी न्यू वेष्ट प्वाइण्ट उच्च मावि बेनीकी सुरवी श्रेष्ठले प्राप्त गर्नुभएको छ । सोहि विद्यालयकी छात्रा दिक्षा जिसी फस्ट रनर अप […]

विद्यालयलाई जग्गा दान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । म्याग्दीको निस्कोटका एक व्यक्तिले सामुदायिक विद्यालयलाई दुई लाख रुपैया भन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराउनु भएको छ । निस्कोट २ खहरे स्थित सिद्ध निमावीलाई बमबहादुर पुनले दुई लाख पाँच हजार रुपैया मूल्य बराबरको सात आना जग्गा दान गर्नुभएको हो । हाल पोखरा रामबजार निवासी पुनले उपलब्ध गराउनुभएको […]

युवा दिवसको अवसरमा फलफुल वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार जिल्ला अस्पताल म्याग्दीका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला युवा समितिको आयोजनामा अस्पतालमा उपचार गराइरहेका २८ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । समितिका अध्यक्ष देवीप्रसाद शर्माको नेतृत्वमा पदाधीकारी र अस्पतालका चिकित्सकहरुले फलफुल वितरण गर्नुभएको थियो । शर्माको […]

म्याग्दी प्रहरीद्धारा पदमार्ग मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुरक्षाकर्मीहरुले छिमेकी जिल्ला पर्वतको माझफाँटको वारीवेनीदेखि मल्लाज जोड्ने पदमार्ग मर्मत गरेका छन् । प्रहरी मेरो साथी अभियान अन्तरगत शुक्रबार बिहान श्रमदान गरेर म्याग्दी सदरमुकाम बेनीबजारको कालीपुल पारी साउन १२ गते खसेको पहिरोका कारण अवरुद्ध बेनी मल्लाज पदमार्ग मर्मत गरिएको हो । प्रहरी नायव उपरिक्षक […]

म्याग्दीको विकासमा गत आर्थिक वर्षमा सवा अर्ब रुपैयाँ भन्दा बढी परिचालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ साउन । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित विकास योजना तथा कार्यक्रमहरुको प्रगतिको विषयमा बिहीबार बेनीमा समिक्षा गरिएको छ । जिविसले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण सार्वजनिकरण गरिएको थियो । प्रस्तुत विवरण अनुसार गत आर्थिक वर्षमा म्याग्दीको विकासका […]

मुस्ताङको स्याउ बोट बाटै बिक्री

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ साउन । मुस्ताङका स्याउ बगैचामा व्यापारीहरुको चहलपहल बढेको छ । पोखरा, काठमाडौ, धादीङ, चितवन, पर्वत, बागलुङ, म्याग्दी लगायतका ठाउँबाट आएका स्याउ ब्यापारीको चहलपहल बढेको हो । स्याउ पाक्ने र टिप्ने याम सुरु नहुदै ब्यापारीले कृषकलाई अग्रीम पैसा बुझाएर बगैचानै ठेक्कामा लिएका छन् । मुस्ताङका धेरै जसो कृषकहरुले स्याउ बिक्री गरेर […]

करिब दुई करोड अनुदानमा १८१ योजना तथा कार्यक्रम निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ साउन । बेनी नगरपालिका कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७२७३ मा करिब दुई करोड रुपैया लगानीमा १८१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको छ । एक करोड ९४ लाख नौ हजार १६४ रुपैयाँ अनुदान सहयोगमा लक्षित वर्ग सम्बन्धि १५२ वटा कार्यक्रम र २९ वटा योजना सम्पन्न भएको हो । […]

म्याग्दीका सामुदायिक वन र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ साउन । प्रथम सामुदायिक वन दिवसको अवसरमा मंगलबार म्याग्दीका उत्कृष्ट सामुदायीक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरिएको छ । वन तथा वातावरण संरक्षणमा योगदान गरेवापत जिल्ला वन कार्यालयले पात्लेखेतको बराहपंग्रेनी, दरवाङका लमसुङ दोविल्ना र राम्चेको एकराते सामुदायीक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, […]