साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको घुँइचो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ३१ साउन ।
साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि म्याग्दीको गलेश्वर लगायत देशभरका शिवालयहरुमा भक्तजनहरुको घुँइचो लागेको छ ।

पुजाआजा र दर्शनका लागि गलेश्वरमा म्याग्दीका विभिन्न ठाउँका साथै छिमेकी पर्वत, बागलुङ, कास्की, मुस्ताङ लगायतका जिल्लाबाट आएका भक्तजनको घुँइचो लागेको हो । यसअघिका सोमबारको तुलनामा आज भक्तजनहरुको आगमन बढी भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।galeshowarगलेश्वरमा पुजाआजा र दर्शनलाई व्यस्थित बनाउन सुरक्षाकर्मी, स्वमसेवक र गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधीकारी तथा कर्मचारी खटिएका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । यसपाली साउन महिनामा पाँच वटा सोमबार परेको छ ।

साउन महिनाको सोमबारका दिन महिलाहरु पारिवारीक सुख र सम्बृद्धीको कामना गर्दै ब्रत बस्ने, नदीमा स्नान गर्ने र शिवालयहरुमा पुगेर पुजाआजा गर्ने चलन रहेको छ । यसैगरी म्याग्दीको दरवाङ स्थित भुमेथानमा रहेको शिवालय मन्दिरमा पनि वरपरका ठाउँबाट आएका भक्तजनको घुइचो लागेको त्यहाँबाट सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

दरवाङ बासीहरुको सक्रियतामा भक्तजनलाई पुजाआजा र दर्शनको सुबिधाका लागि भुमेथानमा यसै वर्ष शिवालय मन्दिरको पुननिर्माण गरिएको थियो ।