किन यस्तो भयो म्याग्दीको तातोपानी साना जलविद्युत गृह ?

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,साउन ३० गते ।
म्याग्दीको नारच्याङको घरापमा रहेको जिल्लाकै पुरानो जलविद्युत आयोजना जिर्ण बनेको छ । सम्बन्धित निकायको वेवस्ता र मर्मत सम्भारको अभावमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना जिर्ण बनेको हो । पुराना मेशिनहरुको मर्मत गर्न नसक्दा आयोजना अहिले बन्द हुने अवस्थामा पुग्न थालेको छ ।tatopani sana jalbhudht

धबलागिरि अंचलकै पुरानो तातोपानी साना जलविद्युत आयोजना मर्मत सम्भार गर्न सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा मेशिनहरु विग्रीएको वर्षौ वितिसक्दा पनि र्ममत हुन सकेको छैन । जसका कारण नेपाल विद्युत प्राधिकरणलाई दैनिक लाखौ रुपियाँ नोक्सान भइरहेको छ भने उपभोक्ताहरु लोडसेडिङको मारमा परेका छन् । आयोजनामा भएका मेशिनहरुको मर्मत सम्भार हुन नसक्दा अहिले पाँचसय किलोवाट विद्युत पनि मुश्किलले उत्पादन हुने गरेको आयोजनाले जनाएको छ ।DSC05182

२०४८ सालमा पहिलो चरण र २०५४ सालमा दोश्रो चरणको गरि आठ वटा जेनेरेटरबाट दुई मेगावाट क्षमताको विद्युत उत्पादन गरिएकामा विद्युत उत्पादन भएको दुई वर्ष पनि वित्न नपाउँदै दुईवटा जेनेरेटर विग्रिए । थप चारवटा जेनेरेटर विग्रीएको पाँचवर्ष हुँदा पनि नेपाल विद्युत प्राधिकरणले मर्मत गर्न कुनै चासो नदेखाएको आयोजनाका कर्मचारी खिमवहादुर पुनले बताउनुभो । अहिले चालु अवस्थामा रहेका दुइवटा जेनेरेटर पनि जिर्ण अवस्थामा पुग्न थालेको उहाँले बताउनुभयो ।

टर्वाईन मर्मत अभाव र पछिल्लो समय नहरमा बाढी थुप्रिदा पाँच सय किलोवाट विद्युत उत्पादन भैरहेको आयोजनाबाट नियमित विद्युत उत्पादन गर्न पनि कठिन भएको पुनले बताउनुभयो । मुहान र नहरको बाढी हटाउँदा आयोजना चल्ने र एकैछिनमा थुप्रिने बाढीका कारण बन्द हुने गरेको उहाँको भनाई छ ।

शुरुमै विग्रिएका जेनेरेटर मर्मतका लागि प्राधिकरणले वेवास्ता गर्दैजाँदा पछिल्लो समय त्यहाँ रहेका आठ जेनेरेटरहरुमध्ये अहिले छ वटा जेनेरेटर समेत विग्रिएका छन् । जेनेरेटर मर्मतका लागि करिव १२ करोड रुपियाँ लाग्ने अनुृमान गरिएपनि प्राधिकरणले बजेटको जोह गर्न नसक्दा जलविद्युत आयोजना नै बन्द गर्नुपर्ने अवस्थामा रहेको आयोजनाका प्रमुख लालवहादुर लम्सालले बताउनुभयो । पटक पटक केन्द्रमा कुरा गर्दा पनि आयोजना मर्मतमा कुनै ध्यान नदिएको लम्सालले गुनासो गर्नुभयो ।DSC05192आयोजनालाई पुरानै अवस्थामा फर्काउन त सम्भव छैन् आयोजना प्रमुख लम्सालले भन्नुभयो,‘ चारवटा मेशिन सम्म मर्मत गर्न सक्यो भने एक मेगावाट विद्युत उत्पादन गर्न सकिन्थ्यो ।’ आयोजनामा रहेका चारवटा जेनेरेटर पड्केका छन् । मेशिनहरु पुराना र काम नलाग्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । पुरानो मेडेलको भएकाले पनि मर्मतमा समस्या छ । सामानहरु चाइनाबाट ल्याउनुपर्ने भएकाले मर्मत बढि खर्चिलो र झन्झटिलो हुने प्रमुख लम्सालले बताउनुभयो ।

पछिल्लो समय विद्युतकेन्द्रमा रहेका अधिकांस मेसीनहरु कामै नलाग्नेगरि बिग्रिएका छन् । सम्पूर्ण भौतिक पूर्वाधारहरु मान्छेलाई बोकाएर त्यहाँ पु¥याइ मिश्री खोलाबाट झण्डै दुई किलोमिटर सुरुङ खनेर पानी ल्याइएकामा पछिल्लो समय खोलाको मुहानदेखि विद्युतगृहसम्मका प्रायःसवै उपकरणहरु जिर्ण भएका छन् ।

मुहान वर्षेनी बाढिले बगाउनेगरेको छ । विद्युत गृहमा रहेका उपकरणहरु आठ वटै जेनेरेटरको पानी कन्टोलर, छ वटा टर्भाइन, छ वटा जेनेरेटर, आठवटै गेटवल लगायत विद्युतगृहमा रहेका प्रायः सवै मेसीनरी सामानहरु विग्रिएको आयोजना प्रमुख लम्सालले जानकारी दिनुभयो । मेशिनहरु चाइनाबाट ल्याउनुपर्ने भएकाले पनि मर्मत गर्न समस्या भएको प्रमुख लम्सालले बताउनुभयो । उपकरणहरु चाईनिज भएको र नेपाली बजारका नपाईने भएका कारण पनि नयाँ उपकरणहरु फेर्न समस्या परिरहेको उहाँको भनाई छ ।