ताजा समाचार:
Search

म्याग्दीका सामुदायिक वन र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २५ साउन । प्रथम सामुदायिक वन दिवसको अवसरमा मंगलबार म्याग्दीका उत्कृष्ट सामुदायीक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरिएको छ ।

वन तथा वातावरण संरक्षणमा योगदान गरेवापत जिल्ला वन कार्यालयले पात्लेखेतको बराहपंग्रेनी, दरवाङका लमसुङ दोविल्ना र राम्चेको एकराते सामुदायीक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।DSC02725प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवाल लगायतले सामुदायीक वनका पदाधीकारीहरुले क्रमश नगद पाँच हजार, तिन हजार पाँच सय र दुई हजार पाँच सय रुपैया सहित सम्मानपत्र वितरण गर्नुभएको थियो ।

यसैगरी घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई पनि नगद दश हजार रुपैया सहित सम्मान गरिएको छ । सामुदायीक वन उपभोक्ता महासंघ र वन कार्यालयको संयुक्त आयोजनामा समारोहका साथै वृक्षारोपण गरिएको थियो ।

जिल्ला वन कार्यालयको कर्मचारी आवास गृह क्षेत्र र नर्सरीमा विउ बैङ्क स्थापना गर्ने उद्देश्यले दश वटा रुद्धाक्षको बिरुवा रोपीएको छ । यसैगरी बराहपाखो सामुदायीक वन क्षेत्रमा काठ प्रजातीका बिरुवा रोपीएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले वनको संरक्षण र व्यवस्थापन मार्फत गरिवी निवारण र आयआर्जन वृद्धीमा उपयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय विकास अधिकारी पौडेलले विकास आयोजना सञ्चालनका क्रममा वन तथा वातावरण संरक्षणमा सबै संवेदनशिल र सचेत बन्नुपर्ने बताउनुभयो ।

जिल्ला वन अधिकृत जयसवालको अध्यक्ष, सहयाक वन अधिकृत तिलक थापाको सञ्चालन र सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष सिता गुरुङको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रथम हुन सफल बराह पङ्ग्रेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर पुनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी ४२ औ भुसंरक्षण दिवसको सन्र्दभमा अर्थुङ्गे स्थित श्रिबक्स गुल्म र बेनी पाखापानी सडकको किनारा क्षेत्रमा वृक्षारोपण गरिएको छ । भुक्षय, पहिरो र बाढी रोकथामका साथै हरियाली बढाउने र वन विस्तार गर्ने उद्देश्यले समुदाय, गुल्मका सैनीकहरुको सहभागीतामा वृक्षारोपण गरिएको भुसंरक्षण कार्यालयले जनाएको छ ।