ताजा समाचार:
Search

युवा दिवसको अवसरमा फलफुल वितरण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ साउन ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार जिल्ला अस्पताल म्याग्दीका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

जिल्ला युवा समितिको आयोजनामा अस्पतालमा उपचार गराइरहेका २८ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । समितिका अध्यक्ष देवीप्रसाद शर्माको नेतृत्वमा पदाधीकारी र अस्पतालका चिकित्सकहरुले फलफुल वितरण गर्नुभएको थियो ।DSC02879

शर्माको अध्यक्षता र सचिव अमृत बास्कुनेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक अम्बालिका शाक्यले मन्तब्य व्यक्त गर्नुभएको थियो । गरिबी उन्मुलनमा युवा प्रतिवद्धता, दिगो विकासमा आत्मनिर्भरता भन्ने मुल नारा सहित शुक्रबार विश्वभर अन्तराष्ट्रिय युवा दिवस मनाइदैछ ।