ताजा समाचार:
Search

विद्यालयलाई जग्गा दान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ साउन ।
म्याग्दीको निस्कोटका एक व्यक्तिले सामुदायिक विद्यालयलाई दुई लाख रुपैया भन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराउनु भएको छ ।

निस्कोट २ खहरे स्थित सिद्ध निमावीलाई बमबहादुर पुनले दुई लाख पाँच हजार रुपैया मूल्य बराबरको सात आना जग्गा दान गर्नुभएको हो । हाल पोखरा रामबजार निवासी पुनले उपलब्ध गराउनुभएको जग्गा शुक्रबार जिल्ला मालपोत कार्यालयमा विद्यालयको नाममा जग्गा दर्ता भएको प्रअ मोतीराज गौतमले जानकारी दिनुभयो ।Bom BDR Pun

पुनले उपलब्ध गराउनुभएको जग्गामा विद्यालयको दुई कोठे भवन निर्माण गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयको छ लाख ७५ हजार रुपैया आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको थियो ।