ताजा समाचार:
Search

म्याग्दी प्रहरीद्धारा पदमार्ग मर्मत

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २८ साउन ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुरक्षाकर्मीहरुले छिमेकी जिल्ला पर्वतको माझफाँटको वारीवेनीदेखि मल्लाज जोड्ने पदमार्ग मर्मत गरेका छन् ।

प्रहरी मेरो साथी अभियान अन्तरगत शुक्रबार बिहान श्रमदान गरेर म्याग्दी सदरमुकाम बेनीबजारको कालीपुल पारी साउन १२ गते खसेको पहिरोका कारण अवरुद्ध बेनी मल्लाज पदमार्ग मर्मत गरिएको हो ।

प्रहरी नायव उपरिक्षक विश्वराज खड्काको नेतृत्वमा प्रहरी निरिक्षकद्धय लोकेन्द्र सिङ गुरु, कृष्णकान्त आचार्य सहित ६० जना प्रहरीहरुले करिब तिन घण्टा श्रमदान गरेर पदमार्ग मर्मत गरेका हुन् ।

पहिरोले पुरेको करिब १५ मिटर पदमार्गमा पहिरो पन्छाउनुका साथै सिढी निर्माण गरीएको छ । पदमार्ग मर्मत कार्यमा प्रहरीका साथै मल्लाज र वारीवेनीका बासिन्दाहरु पनि सहभागि भएका थिए ।DSC02862पदमार्गमा पहिरो खसेपछि बेनी हुदै माझफाँट, लेकफाँट, बाँसखर्क जाने आउने स्थानीय बासिन्दाहरुलाई समस्या भएको थियो । आवत जावत गर्न समस्या भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सहयोग मागीएको माझफाँट ९ को वडा नागरीक मञ्चका संयोजक गोविन्द केसीले बताउनुभयो ।

साउन १२ गते राती सो स्थानमा खसेको पहिरोले धौलागिरी कपास उद्योग पुरीदा १२ वर्षिया अंकिता तामाङको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए । यसैगरी उद्योगमा १५ लाख रुपैया बराबरको धनमाल क्षति भएको थियो ।