ताजा समाचार:
Search

सुरवी बनीन् मिस धौलागिरी

विकल्प न्यूज/बेनी
साउन ३० गते ।
इभेन्टस फर यु पोखराको आयोजनामा शनिबार कुश्मामा मिस्टर एण्ड मिस धौलागिरीको फाईनल इभेन्टस सम्पन्न भएको छ । पर्वत, वागलुङ र म्याग्दीका विद्यालयका छात्राछात्रहरुले भाग लिएको  इभेन्टमा मिस धौलागिरीको उपाधी न्यू वेष्ट प्वाइण्ट उच्च मावि बेनीकी सुरवी श्रेष्ठले प्राप्त गर्नुभएको छ । Suravi Shrestha1 सोहि विद्यालयकी छात्रा दिक्षा जिसी फस्ट रनर अप भएकी छिन भने सेकेण्ड  माउण्ट एभरेष्ट उच्च माविकी श्रृष्टि पुन भएकी छिन् । त्यस्तै मिस्टर धौलागिरीको उपाधि कालिगण्डकी एकेडेमी कुश्माका विपीन सुनारले प्राप्त गर्न सफल भएका छन् । न्यू वेष्ट प्वाइण्ट उच्च मावि बेनीका रोहित वोगटी फस्ट रनर अप हुन सफल भएका छन् भने सेकेण्ड रनर अप ओएसिस एकेडमी वागलुङका अनुप श्रेष्ठ हुन सफल भएका छन् । प्रतियोगितामा फाइनल चरणमा  २० जना छात्रा र २० जना छात्रको सहभागिता रहेको कार्यक्रम संयोजक राज गुरुङले जानकारी दिनुभयो । Suravi shresthaइभेन्टस समापनका अवसरमा सफल हुन पुगेका छात्राहरुलाई ताज पहिराइएको छ । कार्यक्रममा कलाकार कुमार पुनको बिशेष प्रस्तुती रहेको थियो । इभेण्टस फर यू पोखराका निर्देशक विशाल गुरुङको सभाध्यक्षतामा भएको कार्यक्रम संयोजक राज गुरुङको संयोजकत्वमा सम्पन्न भएको हो ।13895234_1143064045761472_8766780429603191600_n